नेपालगन्ज ९ मंसिर : नेपाली सेनाका सहायक रथी (जर्साप) सवार गाडीलाई ग्यास बोकेको भारतीय नम्बरको बुलेटले ठक्कर दिएकोछ । नेपालगन्जको कारकाँदो चोकमा बिहीबार बेलुका भारतीय एचआर ५५ एस ६९०३ नम्बरको ग्यास बोकेको बुलेटले ठक्कर दिएको हो ।
श्री नम्बर ४ बाहिनी अड्डाका बाहिनीपटि सहायक रथी हरेन्द्र पाठक सवार प्रदेश ३०१–००२ घ ५२६२ नम्बरको सेनाको गाडीलाई उक्त बुलेटले ठक्कर दिएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएकोछ ।
सहायक रथी पाठक नेपालगन्जमा चिकित्सकलाई भेटेर ब्यारेक फर्किरहेको बेला पछिपछि आएको उक्त भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिएपछि सहायक रथी सवार गाडीमा क्षती पुगेको छ भने सहायक रथीलाई चोट लाग्न पाएन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख ऐनबहादुर मल्लका अनुसार ब्यारेक फर्किरहेको अवस्थामा कुकुरले बाटो काटेपछि सहायक रथी सवार गाडीका चालकले गति कम गर्दै साइड लगाउन खोजेपछि पछाडिबाट आएको बुलेटले ठक्कर दिएको हो ।
ग्यास बोकेको बुलेटले ठक्कर दिएपछि सेनाको गाडीको दाहिनेतर्फको टायर पञ्चर भएको र बम्फर फुटेकोछ । बुलेट र बुलेट चालकलाई अवाश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिएको बाँके ट्राफिक प्रहरी प्रमुख मल्लले बताए ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही