बर्दियामा देउवा समूहको दवदवा


बर्दियामा देउवा समूहको दवदवा

बर्दिया १० मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत बर्दियाका २ वटा संघीय निर्वाचन क्षेत्र र ४ वटा प्रदेश स्तरीय निर्वाचन सम्पन्न भएको छ ।

प्रदेश स्तरीय निर्वाचन क्षेत्रमा देउवा पक्ष र पौडेल पक्षले २–२ वटा स्थानमा विजयी प्राप्त गरेपनि कार्यसमितिमा भने देउवा खेमाका बढि बिजयी भएका छन् ।

संघीय निर्वाचन अन्तर्गत बर्दिया क्षेत्र नम्बर– १ मा देउवा खेमाका गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले पौडेल खेमाका शम्भुप्रसाद रिजाललाई पराजित गरेका छन् ।

यसैगरी क्षेत्र नम्बर– २ मा देउवा खेमाकै दीपकजंग शाहले पौडेल खेमाका रमन रेग्मीलाई पराजित गरेका छन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै नेपाली काँग्रेसको १४ औं महाधिबेशन अन्तर्गत बर्दियाका ४ वटै प्रदेश तहको निर्वाचन पनि सम्पन्न भएको छ । निर्वाचनमा देउवा पक्षले प्रदेश सभा निर्वाचनमा २ वटा स्थानबाट प्यानलै बिजय भएको छ । भने अन्य २ स्थानमा भने पौडेले पक्षले सभापती जितेपनि देउवा पक्षले अन्य पदाधिकारीमा विजयी हासिल गरेको छ ।

संघीय निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्र नम्बर–१ को ‘क’ बाट सविनकुमार थापा, १ को ‘ख’ बाट विरबहादुर चौधरी बिजयी भएका छन् । दुबै जना पौेडेल खेमाका हुन् ।

यसैगरी निर्वाचन क्षेत्र नम्बर–२ को ‘क’ बाट डबलसिंह साउद र २ को ‘ख’ बाट धर्मप्रकाश थारु प्रदेश सभा सभापतिमा निर्वाचित भएका छन् । उनीहरु दुबैजना देउवा खेमाका नेता हुन् ।