बर्दिया राजीपुरका ६२ वर्षिय कालुलाई बाघले खायो


बर्दिया राजीपुरका ६२ वर्षिय कालुलाई बाघले खायो

फाईल फोटो

नेपालगन्ज १२ मंसिर : बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर–४ बाघको आक्रमणमा परि एक जना बृद्धको ज्यान गएकोछ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार घर नजिकैको खरबारीमा भैंसी चराउन गएका गेरूवा–४ राजिपुरका ६२ वर्षिय कालुराम थारूको पाटे बाघको आक्रमणबाट ज्यान गएको हो ।

घर नजिकैको खरबारीमा भैँसी चराइरहेका कालुरामलाई आईतबार अपरान्ह पौने ४ बजेतिर पाटेबाघले आक्रमण गरेको थियो ।

ईलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी निरीक्षक सुरेश सुवेदीको कमाण्डमा गएको प्रहरीको टोलीले बाघको आक्रमणबाट चौधरीको टाउको विछिप्त रहेका अवस्थामा घरभन्दा करिब पाँच सय मिटर टाढा उनको शव भेटिएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको कारण निकुञ्ज आसपासका बस्तीमा मानव तथा बन्यजन्तु द्वन्द्व बढ्दो क्रममा रहेको छ । पछिल्लो समय बाँके र बर्दियामा पाटेबाघ मानवबस्तीमा पसेर समेत धनजनको नोक्सान गरिरहेकोछ ।

यसअघि मृतक कालुरामको उमेर ६२ हुनुपर्नेमा सच्चाइएकोछ ।-सम्पादक