फाईल फोटो
नेपालगन्ज १२ मंसिर : बर्दियाको गेरुवा गाउँपालिका वडा नम्बर–४ बाघको आक्रमणमा परि एक जना बृद्धको ज्यान गएकोछ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार घर नजिकैको खरबारीमा भैंसी चराउन गएका गेरूवा–४ राजिपुरका ६२ वर्षिय कालुराम थारूको पाटे बाघको आक्रमणबाट ज्यान गएको हो ।
घर नजिकैको खरबारीमा भैँसी चराइरहेका कालुरामलाई आईतबार अपरान्ह पौने ४ बजेतिर पाटेबाघले आक्रमण गरेको थियो ।
ईलाका प्रहरी कार्यालय पाताभारबाट प्रहरी निरीक्षक सुरेश सुवेदीको कमाण्डमा गएको प्रहरीको टोलीले बाघको आक्रमणबाट चौधरीको टाउको विछिप्त रहेका अवस्थामा घरभन्दा करिब पाँच सय मिटर टाढा उनको शव भेटिएको थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जमा पाटे बाघको कारण निकुञ्ज आसपासका बस्तीमा मानव तथा बन्यजन्तु द्वन्द्व बढ्दो क्रममा रहेको छ । पछिल्लो समय बाँके र बर्दियामा पाटेबाघ मानवबस्तीमा पसेर समेत धनजनको नोक्सान गरिरहेकोछ ।
यसअघि मृतक कालुरामको उमेर ६२ हुनुपर्नेमा सच्चाइएकोछ ।-सम्पादक
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही