काँग्रेस बर्दियाको सभापतिमा देउवा समुहका राठौरको प्यानल विजयी


काँग्रेस बर्दियाको सभापतिमा देउवा समुहका राठौरको प्यानल विजयी

बर्दिया १४ मंसिर : नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत नेपाली काँग्रेस बर्दियाको नेतृत्व देउवा समुहले पाएकोछ ।

देउवा समुहका सभापति पदका उम्मेदवार अरुणप्रकाश सिहं राठौर नेतृत्वको प्यानल निर्वाचित भएको हो । काँग्रेस बर्दिया सभापति सहित सम्पूर्ण पदाधिकारीमा देउवा समुहका राठौर निर्वाचित भएपछि बर्दिया काँग्रेसको नेतृत्व देउवा समुहले पाएकोछ ।

देउवा समुहबाट सभापतिमा नेतृत्व गरेका राठौरको प्यानलले पौडेल–कोइराला अर्थात संस्थापन इतर समुहलाई पराजित गरेकोछ । देउवा प्यानलका उम्मेदवार राठौरले पौडेल–कोइराला समुहका सभापति पदका निकटतम प्रतिद्वन्द्वी भुवनेश्वर थारुलाई पराजित गरे ।

काँग्रेस बर्दियाको जिल्ला निर्वाचनमा कुल एक हजार ६ सय २५ मतदाता मध्ये एक हजार ५ सय ७८ मत खसेको थियो । जस मध्ये ८ सय ७० मत प्राप्त गर्दै राठौर बिजयी भए । भने उनका निकटतम प्रतिद्वन्द्व थारुले ६ सय ७८ मत प्राप्त गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

मङ्गलबार सम्पन्न मतगणनामा बर्दिया काँग्रेसको उपसभापतिमा देउवा समुहका गोविन्दप्रसाद थारुले ८ सय ३० तथा सोदे विष्टले ८ सय ५९ मत ल्याउँदै विजयी भए । यस्तै देउवा समुहकै सचिवमा मीनराज चौधरीले ८ सय ४७ र जग्गा प्रसाद पाण्डले ८ सय २९ मत ल्याउँदै बिजयी भए ।

त्यसैगरि देउवा समुहबाटै सहसचिवमा तिलकराम लम्सालले ९ सय ५३ र मेकबहादुर गुरुङ्घले ८ सय ९२ मत ल्याउँदै विजयी भए । योसंगै बर्दियामा देउवा पक्षको प्यानलै जिल्ला कार्यसमितिमा बिजयी भएको हो । बर्दियामा संघ, प्रदेश तथा नगरको निर्वाचनमा समेत देउवा समुहको दबदबा कायम रहेकोछ ।