‘प्रभु येशुको नाममा हटिजा’ भन्दै धर्म परिर्वतन गराउने पास्टर जेल चलान


‘प्रभु येशुको नाममा हटिजा’ भन्दै धर्म परिर्वतन गराउने पास्टर जेल चलान

नेपालगन्ज १४ मंसिर : जबरजस्ती धर्म परिर्वतन गराएको भन्दै डोल्पाका पास्टर केशवराज आचार्यलाई जेल चलान गरिएकोछ ।

डोल्पामा धर्म परिवर्तन गराएको अभियोगमा पास्टर केशवलाई जिल्ला अदालतले २ वर्ष कैद र २० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश केशवराज चपाईंको इजलासले पास्टर केशवराजले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–२ का महिलालाई जबर्जस्ती धर्म परिवर्तन गराएको ठहर गर्दै जरिवानासहित जेल चलान गरेको हो ।

गत वर्ष आचार्यले बिरामी भएका दुई महिलाको उपचार गर्ने भन्दै ‘प्रभु येशुको नाममा हटिजा’ भनेको र ती महिलाहरुको फोटो भिडियो खिचेर प्रचार–प्रसार गरेको भन्दै आचार्य विरुद्ध जिल्ला अदालत डोल्पामा मुद्दा परेको थियो । उनलाई मुलुकी फौजदारी संहिताको दफा १५८ को उपदफा १, २ र ३ अनुसार अदालतले सजाय सुनाइएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

आचार्य पोखरा चिप्लेढुंगास्थित प्रशस्त कटनी मण्डलका पास्टर हुन् । उनीविरुद्ध जिल्ला अदालत कास्कीमा पनि धर्मपरिवर्तनसम्बन्धी मुद्दा विचाराधीन छ । मुलुकी अपराध संहिताको दफा १५८ को (१) मा कसैले कसैको धर्म परिवर्तन गराउन र धर्म परिवर्तनको उद्योग गर्न नहुने उल्लेख छ ।

त्यस्तै कुनै धर्म परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न नहुने पनि उल्लेख छ । धर्म परिवर्तन गराएमा ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।