बालविवाह न्यूनीकरण गर्न मतदान


बालविवाह न्यूनीकरण गर्न मतदान

डोटी १७ मंसिर : बालविवाह न्यूनिकरण गर्न मतदान । सुन्दा आश्चर्य लागेपनि यो सत्य हो । दिपायल सिलगढी नगरपालिका–८ लडागडामा बालविवाह न्यूनीकरणका लागि मतदान गरिएको छ । तर, यो मतदान उम्मेदवार चुन्नका लागि नभइ बालविवाहबारे सचेत गर्ने उद्देश्यले मतदान गराइएको हो ।

सिलगढी नगरपालिकाको वडा नम्बर– ८ लडागडामा उमेर नपुग्दै विवाह गर्ने क्रम बढेपछि रोकथामका लागि बालबालिकालाई सानै उमेरमा विवाह गर्नु राम्रो या नराम्रो भन्नेबारे जानकारी लिन मतदान गरिएको हो ।

‘गुड नेभर्स इन्टरनेशनल, नेपाल’ र सामुदायिक विकास केन्द्रको आयोजनामा विद्यालयमा मतदान गरिएको छ । जहाँ विद्यार्थी उत्साहित भएर मतदानमा सहभागी भएका थिए ।

बालविवाह उचित नभएको कक्षा १० की छात्रा गङ्गा कडायतको भनाइ छ । उनी भन्छिन्, ‘बालविवाह गर्नु गलत हो भन्ने सबैले बुझेका छन्, तर, अभिभावकको दबाबका कारण बालविवाहले प्रश्रय पाएको छ ।’

Kids Festival 2022
kanti aarogya hospital

मतदानमा १४५ छात्र र १४२ छात्रासहित २८७ विद्यार्थी सहभागी थिए । महिला र पुरुषको उमेर २० वर्ष नपुगी विवाह गर्नुहुँदैन भन्ने कानूनी व्यवस्था छ । तर, अभिभावकको करकापले प्रायजसो बालबालिकाले २० वर्ष उमेर नपुगी विवाह गर्दै आएका छन् ।