जनताको हितमा सरकारले काम गरिरहेकोछ : प्रदेश सञ्चारमन्त्री शर्मा


जनताको हितमा सरकारले काम गरिरहेकोछ : प्रदेश सञ्चारमन्त्री शर्मा

बर्दिया १८ मंसिरः लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा ‘हिमाल’ले सरकार सधैँ जनताको पक्षमा रहेर काम गरिरहेको विश्वास व्यक्त गरे । नेकपा माओवादी केन्द्रको नगर समितिको उद्घाटन समारोहमा बोल्दै शर्माले सो कुरा बताएका हुन् ।

उनले जनहितमा सरकारले काम गरिरहेको हुँदा लुम्बिनी प्रदेशका जनताले आफनो सरकारको महसुस हुने गरी काम गरिरहेको समेत बताए । नेकपा माओवादी केन्द्र बर्दियाका इन्चार्ज समेत रहेका शर्मा ‘हिमाल’ले नेकपा मावोवादीले सधै जनताको हितमा काम गरेको दावि गर्दै देशमा परिर्वतनको लागी अहमं भुमिका माओवादी पार्टीले खेलेको हुँदा जनताको मानस पटलमा सधै माओवादी रहिरहने बताए ।

Kids Festival 2022
kanti aarogya hospital

नेकपा माओवादी केन्द्र बर्दियाले बर्दियाका ८ वटा मध्ये ६ वटा स्थानीय तहमा सर्वसम्मतबाट नगर कमिटि चयन गरेको छ । बर्दियाको राजापुर नगरपालिकामा चिन्तामणी आचार्य, ठाकुरबाबामा चित्रप्रसाद खनाल, मधुवनमा हरीहर चौधरी र गुलरिया नगरपालिकामा गेहेन्द्र प्रसाद ढकाल लाई सर्वसम्मतको रुपमा नगरसमितिको अध्यक्ष चयन गरिएको छ ।

साथै गेरुवा गाँउपालिकामा दशिराम थारु र बढैयाताल गाँउपालिकामा कर्णबहादुर थापाको अध्यक्षतामा गाँउपालिका समित गठन गरिएको नेकपा माओवादी केन्द्र बर्दियाले जनाएको छ । नगरमा ५९ जना र गाँउपालिकामा ४९ जनाको समिति चयन गरिएको हो बाँकी रहेका बाँसगढि नगरपालिका र बारबर्दिया नगरपालिकामा सर्वसम्मतको प्रयास जारी रहेको जनाइएको छ ।