राप्ती नदीको अबैध दोहन रोक्न स्थानीयबासीको माग


राप्ती नदीको अबैध दोहन रोक्न स्थानीयबासीको माग

File Photo

नेपालगन्ज १९ मंसिर : बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई राप्ती नदीको अबैध दोहन रोक्न स्थानीयबासीले आग्रह गरेकाछन् ।

राप्तीनदीमा भइरहेको अबैध दोहनले खेतीयोग्य जमिन कटान, पटान भइ बगरमा परिणत भएको भन्दै बाँकेको राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयबासीले प्रमुख जिल्ला अधिकारीसमक्ष यस्तो आग्रह गरेका हुन् ।

सयौंको संख्यामा आएका स्थानीयबासीले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई आईतबार ४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै राप्ती नदीमा भइरहेको अबैध दोहन तत्काल रोक्न माग गरेका हुन् ।

राप्तीनदीमा भइरहेको दोहनले खेतीयोग्य जमिन कटान, पटान भइ बगरमा परिणत भएको भन्दै स्थानीयको जिविकाको आधार खोसिएको स्थानीय अगुवा बनिलाल थारुले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

ज्ञापनपत्रमा जल उपभोक्ता समितिको मुल नहरको इनटेकदेखि ढलैया, डाँडा र खल्ला टपरी हुँदै सिधनीया पुलसम्म स्काभेटर र जेसिवी प्रयोग गरेर भइरहेको नदी दोहन तत्काल रोक्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राप्ती नदीमा भइरहेको दोहन नियन्त्रणका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वसन दिए ।

ज्ञापनपत्र बुझाउन पुगेका स्थानीयले नदीबाट हुने कटान, पटान र डुवान रोकथामका लागि दीर्घकालिन पक्की तटबन्ध निर्माण गरिनुका साथै राप्ती नदीको अबैध दोहन तत्काल नरोकिए यसको प्रतिकारमा जुनसुकै कदम चाल्ने उनीहरुले चेतावनी समेत दिएकाछन् ।