File Photo
नेपालगन्ज १९ मंसिर : बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई राप्ती नदीको अबैध दोहन रोक्न स्थानीयबासीले आग्रह गरेकाछन् ।
राप्तीनदीमा भइरहेको अबैध दोहनले खेतीयोग्य जमिन कटान, पटान भइ बगरमा परिणत भएको भन्दै बाँकेको राप्तीसोनारी गाउँपालिका–६ का स्थानीयबासीले प्रमुख जिल्ला अधिकारीसमक्ष यस्तो आग्रह गरेका हुन् ।
सयौंको संख्यामा आएका स्थानीयबासीले बाँकेका प्रमुख जिल्ला अधिकारीलाई आईतबार ४ बुँदे मागसहितको ज्ञापनपत्र बुझाउँदै राप्ती नदीमा भइरहेको अबैध दोहन तत्काल रोक्न माग गरेका हुन् ।
राप्तीनदीमा भइरहेको दोहनले खेतीयोग्य जमिन कटान, पटान भइ बगरमा परिणत भएको भन्दै स्थानीयको जिविकाको आधार खोसिएको स्थानीय अगुवा बनिलाल थारुले बताए ।
ज्ञापनपत्रमा जल उपभोक्ता समितिको मुल नहरको इनटेकदेखि ढलैया, डाँडा र खल्ला टपरी हुँदै सिधनीया पुलसम्म स्काभेटर र जेसिवी प्रयोग गरेर भइरहेको नदी दोहन तत्काल रोक्न माग गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले राप्ती नदीमा भइरहेको दोहन नियन्त्रणका लागि आफ्नो तर्फबाट पहल गर्ने आश्वसन दिए ।
ज्ञापनपत्र बुझाउन पुगेका स्थानीयले नदीबाट हुने कटान, पटान र डुवान रोकथामका लागि दीर्घकालिन पक्की तटबन्ध निर्माण गरिनुका साथै राप्ती नदीको अबैध दोहन तत्काल नरोकिए यसको प्रतिकारमा जुनसुकै कदम चाल्ने उनीहरुले चेतावनी समेत दिएकाछन् ।
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही