बाजुरा २३ मंसिर : बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–६ काप्रीमा रहेको गर्जेगाड भिरबाट आज बिहान ट्रक खस्दा दुईको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँकेका ४२ वर्षीय मोहन जोशी र ताजाकोट गाउँपालिका–३ का विपी शाही रहेको जुड्डी प्रहरी चौकीका प्रमुख तथा प्रहरी नायब निरीक्षक वीरसिंह ठगुन्नाले जानकारी दिए ।
उनले दिएको जानकारीअनुसार नेपालगञ्जबाट हुम्लाका लागि हिँडेको भे १ ख ३४६८ नम्बरको मालबाहक ट्रक भीरबाट करिब ५०० मिटर तल खसेको छ ।
गाडी चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको ठगुन्नाले बताए । मृतकको सनाखत भए पनि उनीहरुको शव परीक्षणका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकी ल्याउने तयारी भइरहेको छ । दुर्घटनाबारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।
चोलेन्द्रलाई जसले उठाए उनै एसपीले घरमै लगेर छोडिदिए
मर्मतका सामाग्री नेपालगन्जमै थन्किए, हुम्ला २१ दिनदेखि बिजुलीबिहीन
तिनाउमा बगे ५ घर, कालीगण्डकीले २५ घर लग्यो
प्रहरीले किन उठायो चोलेन्द्र समशेरलाई?
हावाहुरी, बर्षा, बाढी र पहिरो : लुम्बिनी प्रदेशको अवस्था कस्तो छ?
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द