File Photo
नेपालगन्ज २३ मंसिर : शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटना हुदाँ एक शिक्षक र दुई विद्यार्थीको मृत्यु भएकोछ ।
लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी सवार उक्त ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे भन्ने ठाउँमा दुर्घटना भएको हो ।
जिप दुर्घटना हुँदा गणेश माविका शिक्षक कमल राना र विद्यार्थीद्वय गणेश भण्डारी र प्रमिसा गुरुङको मृत्यु भएको हो । भने ९ जना घाइते भएकाछन् ।
९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।
जिपमा १६ जना सवार थिए । मर्स्याङ्दी गाउँपालिका–८ को खुँदी सिमपानी भन्ने ठाउँबाट ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणमा जाँदै गर्दा भुस्मे भन्ने ठाउँमा जिप दुर्घटनामा परेको हो ।
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट