शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटना : दुई विद्यार्थी र एक शिक्षकको मृत्यु,९ जना घाइते


शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटना : दुई विद्यार्थी र एक शिक्षकको मृत्यु,९ जना घाइते

File Photo

नेपालगन्ज २३ मंसिर :  शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटना हुदाँ एक शिक्षक र दुई विद्यार्थीको मृत्यु भएकोछ ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–२ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी सवार उक्त ग१ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–८ भुस्मे भन्ने ठाउँमा दुर्घटना भएको हो ।

जिप दुर्घटना हुँदा गणेश माविका शिक्षक कमल राना र विद्यार्थीद्वय गणेश भण्डारी र प्रमिसा गुरुङको मृत्यु भएको हो । भने ९ जना घाइते भएकाछन् ।

९ जना घाइते भएको र त्यसमध्ये २ जनालाई चितवन उपचारका लागि पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिपमा १६ जना सवार थिए । मर्स्याङ्दी गाउँपालिका–८ को खुँदी सिमपानी भन्ने ठाउँबाट ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणमा जाँदै गर्दा भुस्मे भन्ने ठाउँमा जिप दुर्घटनामा परेको हो ।