सांकेतिक तस्विर
नेपालगन्ज २४ मंसिर : बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ५, जोरपानी गाउँमा आगलागी हुँदा तीन घर जलेर नष्ट भएकोछ ।
शुक्रबार दिउँसो साढे २ बजे शुरु भएको आगलागीबाट तीन वटा घर जलेर नष्ट भएको हो ।
आगलागी भएको खबर पाए लगत्तै सुरक्षाकर्मी, स्थानीयबासी र नेपालगन्जबाट गएको ३ वटा दमकलले शुक्रबार बेलुका ५ बजे आगो नियन्त्रणमा लिए ।
आगलागीबाट करीब ७ लाख बराबरको क्षति भएको छ भने कुनै मानवीय क्षती भएन । बाँके प्रहरीका अनुसार आगलागी कसरी भएको भन्ने विषयमा अनुसन्धान थालिएकोछ ।