६ जना घाईतेलाई थप उपचारका लागि नेपालगन्ज ल्याइयो, जीप चालक फरार
उपचारका लागि अस्पताल पु¥याइएका दुर्घटनाका घाइतेहरु ।
नेपालगन्ज २६ मंसिर : दाङको तुलसीपुरस्थित सिरखोला नजिकै जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य १९ जना घाइते भएका प्रहरीले जानकारी दिएको छ । तर, जीप चालक फरार रहेको प्रहरीले बताएको छ ।
तुलसीपुरबाट सल्यानको सिमपानी जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर ३ सिरखोला नजिकै दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
प्रहरीअनुसार दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट ३ बस्ने ४८ वर्षीय प्रेमप्रकाश शर्मा, कपुरकोट ४ बस्ने सौनी घर्ती र लालमती खड्का रहेका छन् । घाइतेमध्ये ६ जनालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ । बाँकी १३ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४ धनबाङ बस्ने २२ वर्षीया लक्ष्मी बुढा, सोही गाउँपालिका ३ बस्ने ४५ देवा चापागाईं, २७ वर्षीय भूपबहादुर थापा, २२ वर्षीय धर्म थापा, उनका छोरा ५ वर्षीय दिपेश थापा, सोही गाउँपालिका ४ किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी, १८ वर्षीया अनिता पुन, सोही गाउँपालिका १ बस्ने आरति पुन, सोही गाउँपालिकाकी १९ वर्षीया रमिता बस्नेत लगायतका रहेका छन् ।
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
सोमबार, कात्तिक २३, २०८३
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
सोमबार, कात्तिक २३, २०८३
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
सोमबार, कात्तिक २३, २०८३
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी