नेपालगन्ज २७ मंसिर: नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा रहेको मतदानस्थलमा प्रवेश गर्न नदिएपछि फोटो पत्रकारहरू विरोधमा उत्रिएका छन् ।
उनीहरू सभागृहभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको थियो । पत्रकारहरूले सभागृह अगाडि रहेको सडकमा क्यामरा डाउन गरेर विरोध जनाइरहेका छन् ।
प्रहरीले फोटो पत्रकारलाई हटाउन बल प्रयोग गरेपछि निर्वाचन समितिले माफी माग्नुपर्ने उनीहरूको माग छ ।
यता नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले काँग्रेस महाधिवेशनका लागि समाचार संकलन गर्न पुगेका पत्रकारमाथि भएको घटनाप्रति आपत्ति जनाएकाछन् ।
उनले काँग्रेसको महाधिवेसन अन्तरगत हुदैँ गरेको निर्वाचनको समाचार संकलन गर्न, तस्विर तथा दृष्य लिन पत्रकारलाई व्यवधान नगरियोस् । भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएकाछन् ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?