नेपालगन्ज २७ मंसिर: नेपाली काँग्रेसको जारी १४ औं महाधिवेशन अन्तर्गत राष्ट्रिय सभागृहमा रहेको मतदानस्थलमा प्रवेश गर्न नदिएपछि फोटो पत्रकारहरू विरोधमा उत्रिएका छन् ।
उनीहरू सभागृहभित्र प्रवेश गर्न खोज्दा प्रहरीले रोकेको थियो । पत्रकारहरूले सभागृह अगाडि रहेको सडकमा क्यामरा डाउन गरेर विरोध जनाइरहेका छन् ।
प्रहरीले फोटो पत्रकारलाई हटाउन बल प्रयोग गरेपछि निर्वाचन समितिले माफी माग्नुपर्ने उनीहरूको माग छ ।
यता नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले काँग्रेस महाधिवेशनका लागि समाचार संकलन गर्न पुगेका पत्रकारमाथि भएको घटनाप्रति आपत्ति जनाएकाछन् ।
उनले काँग्रेसको महाधिवेसन अन्तरगत हुदैँ गरेको निर्वाचनको समाचार संकलन गर्न, तस्विर तथा दृष्य लिन पत्रकारलाई व्यवधान नगरियोस् । भन्दै गम्भीर ध्यानाकर्षण भएको बताएकाछन् ।