प्रहरीले गुपचुप राखेको घटना
नेपालगन्ज २८ मंसिर ः बाँके प्रहरीले एउटा बलात्कारको घटना लुकाउन खोजेको छ । नेपालगन्जका एक बोर्डिङ स्कुलका प्रिन्सिपलले आफूलाई बलात्कार गरेको भन्दै छात्राको उजुरीमा ती प्रिन्सिपल पक्राउ परेको घटना बाँके प्रहरीले लुकाउन खोजेको हो । कपडाको एउटा धोती समात्दा प्रेस विज्ञप्ती सार्वजनिक गर्ने बाँके प्रहरीले यति ठूलो बलात्कारको घटना भने गुपचुप राखिरहेकोछ ।
नेपालगन्ज कारकाँदो स्थित स्प्रिङडेल एकेडेमीका अध्यक्ष तथा प्लस टू तर्फका फाउण्डर प्रिन्सिपल हिक्मत रावलले छात्रालाई बलात्कार गरेको लिखित जाहेरीमा उल्लेखछ । छात्राको बलात्कारको उजुरी परेको र रावल पक्राउ परेको पाँच दिन वितिसक्दा पनि प्रहरीले यति ठूलो बलात्कारको घटना गोप्य राखेकोछ ।
शिक्षकले आफ्नै छात्रालाई ट्युसन पढाउने नाममा होटलमा लगि पटक–पटक बलात्कार गर्दा पनि प्रहरीले छात्राको जाहेरी परिसकेको यति ठूलो बलात्कारको घटना गोप्य राख्नु प्रहरीको नियतमाथि प्रश्न चिन्ह खडा भएकोछ ।
आफूलाई हिक्मत रावलले पटक–पटक बलात्कार गरेको भनि छात्राले जिल्ला प्रहरी कार्यालय बाँकेमा उजुरी दिएपछि प्रहरीले रावललाई पक्राउ गरि हिरासतमा राखेकोछ ।
रावल नेपालगन्जको रङ्गशाला नजिकै रहेको नेपालगन्ज टेक्निकल कलेजको अङ्ग्रेजी विषयको शिक्षक समेत हुन् । छात्राले आफूलाई बलात्कार गरेको भनि यही मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा शिक्षक हिक्मत रावलका नाममा जाहेरी दर्ता गराएकी थिइन् । जाहेरी लगत्तै प्रहरीले शिक्षक रावललाई नेपालगन्ज टेक्निकल कलेजबाटै पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले आफ्नै कलेजकी छात्रालाई बलात्कार गरेको आरोपमा रावललाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान थालेको जानकारी दिए । ४० वर्षिय रावलले १७ वर्षिया छात्रालाई पटक–पकट बलात्कार गरेको प्रहरीले जनाएकोछ ।
कोरोना कहरको दोस्रो लहरमा बन्द रहेका शैक्षिक संस्थाहरुले पढाई निरन्तरता दिन अनलाई कक्षा सञ्चालन गरेका थिए । अनलाईन कक्षा अध्ययन गरिरहेकी ती छात्रा कारणबस केही दिन अनलाई कक्षामा नियमित उपस्थित हुन सकिनन् । प्रहरीका अनुसार, अनलाईन कक्षामा शिक्षकले पढाएको कोर्ष छुटेपछि शिक्षक रावलले पढाईमा सहयोग गर्ने भन्दै अतिरिक्त कक्षाका लागि भेट्न थाले ।
ती छात्राले आफ्नो अध्ययनमा सहयोग पाइने भएपछि शिक्षक रावलप्रति विश्वस्त हुन्छिन् र छुटेको कोर्ष पुरा गर्ने भन्दै शिक्षक रावलले भनेको सबै कुरा मान्दै छात्रासंगको भेट बाक्लिदै जान्छ । आफूलाई पढाउने शिक्षकले अध्ययनमा सहयोग गर्ने भएपछि उनी शिक्षकप्रति विश्वस्त हुँदै शिक्षकले बोलाएको स्थानमा आउजाउ गर्न थाल्छिन् ।
यो सिलसिला नियमित चल्दै जान्छ । सामाजिक सञ्जाल र मोबाइलबाट शिक्षक रावलले छात्रामाथि दवावमुलक सम्बन्ध अगाडी बढाउँदै लग्छन् । आफ्नै छात्रामाथि कुदृष्टि राखेका रावलले डर, धम्की देखाउँदै विभिन्न बहाना र प्रलोभनमा पारि अन्तत्ः आफ्नै छात्रालाई बलात्कार गर्छन् ।
शिक्षक रावलले पहिलो पटक गत साउन २८ गते नेपालगन्जस्थित रोयल होटलमा छात्रालाई बोलाउँछन् । आफ्नो बासस्थान होटलमै रहेको भन्दै ती छात्रालाई पढ्न होटलमै आउन भन्छन् । अनि रावलले पहिलो पटक रोयल होटलमा छात्रामाथि बलात्कार गर्छन् ।
अनि रावलले ‘तिम्रो नग्न तस्विर म सँग छ’ भन्दै छात्रामाथि दवाव र मानसिक यातना दिन थाल्छन् । त्यसपछि उनले २ दिनपछि साउन ३० गते पुनः छात्रालाई सोही होटलको कोठा नम्बर १०४ मा लगेर बलात्कार गर्छन् ।
आफ्नै पिता समान शिक्षक रावलले आफूमाथि बलात्कार गरेपछि उनी मानसिकरुपमा प्रताडित बन्दै जान्छिन् । उनले छात्रामाथि झन्–झन् यौन सम्पर्कका लागि दवाव दिन्छन् ।
रावलले फोटो र भिडियो सार्वजनिक गरिदिने भन्दै निरन्तर दवाव दिन थालेपछि ती छात्राले फेरि रावलको कुरा स्वीकार्न बाध्य हुन्छिन् । अन्ततः शिक्षक रावलले यही मंसिर १० गते तेस्रोपटक छात्रालाई आफ्नै घरमा लगेर बलात्कार गर्छन् ।
रावलको पटक–पटकको बलात्कार र मानसिक तनाव थेग्न नसकेपछि छात्राले अन्तत्ः न्यायका लागि प्रहरीको ढोका ढकढकाउन पुग्छिन् । पक्राउ परेका शिक्षक रावललाई अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी न्यौपानेले बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
शुक्रबार, असोज २, २०८३
हल्लाबिना नै तयार हुन लाग्यो नेपालगन्जमा किरियापुत्री घर
आइतबार, मंसिर २, २०८१
बाँकेमा व्यावसायिक तरकारी प्रर्वद्धन गर्दै केन्द्र, छानिए दुई पालिका
शुक्रबार, कात्तिक २३, २०८१
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी