प्रहरी प्रशासनको मिलोमतोमा सिन्धुलीबाट दिनहुँ हजारौं गाई गोरु भारततर्फ अबैध तस्करी


प्रहरी प्रशासनको मिलोमतोमा सिन्धुलीबाट दिनहुँ हजारौं गाई गोरु भारततर्फ अबैध तस्करी

File Photo

सिन्धुली १ पुष : नेपालको पूर्वी जिल्ला सिन्धुलीबाट हजारौं गाई गोरु भारततर्फ अबैधरुपमा तस्करी भइरहेको पाइएकोछ । हिउँद लागेसँगै सिन्धुलीलाई केन्द्र बनाएर पहाडी भेगबाट हजारौं संख्यामा गाई गोरुको अबैध तस्करी भइरहेको हो ।

तराई, मधेश र पहाडी गरी सिन्धुलीसँग ९ जिल्लाको सीमाना जोडिएकाले तस्करहरुले यस ठाउँलाई रोजेका हुन् । सिन्धुलीमा भेला गरिएका गाईगोरु खुलेआम भारत निकास गरिन्छ । स्थानीय प्रहरी र प्रशासनको ‘लाईन’ मिलाएर दिनहुँ अबैधरुपमा गाई गोरु भारतर्फ तस्करी भइरहेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

गाई गोरुको अबैध रुपमा तस्करी गर्नेहरुले सिन्धुली, रामेछाप, दोलखा, ओखलढुंंगा, खोटाङ, काभ्रेपलान्चोक लगायतका ग्रामिण बस्तीबाट बुढा गाई गोरु, बाच्छा बाच्छीहरु समेत सस्तो मूल्यमा खरिद गरेर ल्याउने गर्छन् ।
तस्करहरुले आफूलाई सुरक्षित बनाउन रात र विहानको समय रोज्ने गरेका छन् । विभिन्न ठाउँमा जम्मा गरिएका गाईगोरु सर्लाही, महोतरी र धनुषा हुँदै भारतीय सीमाक्षेत्रमा पु¥याइन्छ ।

सिन्धुलीको मरिण, कमलाखोच र कमलामाई नगरपालिकाको माईस्थान क्षेत्रबाट लाखौंको संख्यामा गाई गोरुको अबैध तस्करी भइरहँदा समेत स्थानीय प्रहरी र प्रशासनले कुनै चासो देखाएको छैन ।