चर्चभित्र मृत भेटिए ९ वर्षीय बालक


चर्चभित्र मृत भेटिए ९ वर्षीय बालक

नेपालगन्ज ४ पुष : बुटवलको एक चर्चमा नौ वर्षीय बालक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । बुटवल उपमहानगरपालिका–११ बुद्धनगरस्थित चर्चमा ९ वर्षका बालक आरएस खड्गी झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घरमा भाडामा सञ्चालन गरिएको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालक झुण्डिएको अवस्थामा भेटिएका स्थानीय हिरामणी न्यौपानेले बताए ।
घटना शंकास्पद रहेको भन्दै स्थानीयले छानबिनको माग गरेका छन् । इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप विवरण खुल्ने बताएको छ । -अनलाईनखबरबाट

Kids Festival 2022
kanti aarogya hospital