नेपालगन्ज ७ पुष : अन्तरजातीय विवाह गरेका कारण माइती पक्षले बेपत्ता पारिएका भनेका हुम्लाका चन्द्रे कामी फेला परेका छन् । आज बिहान खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको जनाइएको छ ।
हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रले मुगुको सोरुकी रमिला मल्ललाई भगाएपछि मंसिर २९ गते माइती पक्षका युवाहरुले घरबाटै राति लिएर गएका थिए । त्यस दिनदेखि चन्द्रे सम्पर्कविहीन थिए । रमिला र उनका बुबालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।
कर्णाली प्रदेशका प्रवक्ता एसपी माधव श्रेष्ठले दिएको जानकारीअनुसार उनी आज बिहान सम्पर्कमा आएका छन् । चन्द्रेको खोजीमा ४० जना प्रहरी खटिएका थिए ।
यो पनि पढ्नुहोस्
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?