अन्तरजातीय विवाहपछि बेपत्ता पारिएका भनिएका चन्द्रे कामी भेटिए


अन्तरजातीय विवाहपछि बेपत्ता पारिएका भनिएका चन्द्रे कामी भेटिए

नेपालगन्ज ७ पुष : अन्तरजातीय विवाह गरेका कारण माइती पक्षले बेपत्ता पारिएका भनेका हुम्लाका चन्द्रे कामी फेला परेका छन् । आज बिहान खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको जनाइएको छ ।

हुम्लाको सर्केगाड गाउँपालिकाका चन्द्रले मुगुको सोरुकी रमिला मल्ललाई भगाएपछि मंसिर २९ गते माइती पक्षका युवाहरुले घरबाटै राति लिएर गएका थिए । त्यस दिनदेखि चन्द्रे सम्पर्कविहीन थिए । रमिला र उनका बुबालाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

कर्णाली प्रदेशका प्रवक्ता एसपी माधव श्रेष्ठले दिएको जानकारीअनुसार उनी आज बिहान सम्पर्कमा आएका छन् । चन्द्रेको खोजीमा ४० जना प्रहरी खटिएका थिए ।

यो पनि पढ्नुहोस्

Kids Festival 2022
kanti aarogya hospital

अन्तरजातीय विवाह गरेका युवक एक हप्तादेखि बेपत्ता