सीमा क्षेत्रको अपराध नियन्त्रण गर्न नेपाल–भारत सुरक्षा अधिकारी प्रतिबद्ध


सीमा क्षेत्रको अपराध नियन्त्रण गर्न नेपाल–भारत सुरक्षा अधिकारी प्रतिबद्ध

नेपालगन्ज ७ पुष : सीमा क्षेत्रको अपराध नियन्त्रण गर्न नेपाल–भारत सुरक्षा अधिकारी प्रतिबद्ध भएकाछन् । नेपाल र भारतका १५ जिल्लाका सुरक्षा अधिकारीले सीमामा हुने अपराध नियन्त्रण गर्न दुबै देशबीच समन्वय गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बाँकेको नेपालगन्जमा बुधबार अपराह्न नेपाल र भारतका सुरक्षा अधिकारी सम्मलित ‘नेपाल–भारत काउण्टर पार्टस बैठक’मा यस्तो प्रतिबद्धता जनाइएको हो । बैठकमा सम्मलित दुवै देशका अधिकारीले सीमामा हुने अपराधलाई नियन्त्रण गर्न समन्वयकारी भूमिका खेल्दै अघि बढ्ने प्रतिबद्धता जनाए ।

बैठकमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका आठ जिल्लाका सुरक्षा अधिकारीले लागुऔषध नियन्त्रण र नेपालमा अपराध गरेर भारतमा लुकेका अभियुक्तलाई नियन्त्रणमा लिन सहयोग गरिदिन भारतीय अधिकारीसमक्ष आग्रह गरेका थिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भारतमा सहज रुपमा कारोबार हुँदा लागुऔषध नेपालमा सहजै भित्रिएको बताउँदै त्यसमा कडाइ गरिदिन आग्रह गरेका थिए । बैठकमा हतियार, मानव बेचबिखन, फरार अभियुक्त नियन्त्रण, लागुऔषध रोकथाम, चोरी शिकारी, तस्करी नियन्त्रण र आवागमन सहज बनाउने विषयमा बृहत छलफल भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

बैठकमा भारतीय अधिकारीले उत्तर प्रदेशमा निर्वाचन हुन थालेकाले नेपालतर्फबाट हुन सक्ने घुसपैठ नियन्त्रणमा सहयोग गरिदिन आग्रह गरेका थिए । नेपालको तर्फबाट लुम्बिनी र सुदूरपश्चिम प्रदेशका सीमावर्ती आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी, सशस्त्र प्रहरी र अनुसन्धान विभागका एसपीको सहभागिता रहेको थियो ।

बैठकमा भारतको महाराजगञ्ज, सिद्धार्थनगर, बलरामपुर, बहराइच, लखिमपुर, श्रावस्ती, पिलिभित जिल्लाका डीएम, एसपी, गोरखपुर र देवीपाटनका अतिरिक्त महानिरीक्षक र डीआइजीको सहभागिता रहेको थियो ।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रका जनमानसमा सुमधुर सम्बन्ध निरन्तर कायम राख्न दुबै क्षेत्रका अधिकारीहरुले बिशेष ध्यान दिनुपर्ने, सीमाक्षेत्रमा बढ्दो अपराधहरु नियन्त्रणका लागी लागुऔषध तथा अबैध ओसार–पसार, गल्र्स तथा ओमेन ट्राफिंकिंग, सीमा क्षेत्रमा एक अर्को राष्ट्र प्रति हुने अबाञ्छीत क्रियाकलाप लगायत हालसम्म दुबै पक्ष बीच भए गरेका केही घटना तथा विषय बस्तुहरुमा समेत छलफल भएको थियो । उक्त बैठक पश्चात दुबै पक्षबिच मायाको चिनो आदान प्रदान गरिएको थियो ।

बैठकमा नेपालको तर्फबाट पश्चिम नवलपरासीका प्रजिअ धर्मेन्द्रकुमार मिश्र, नेपाल प्रहरीका एसपी मनोज कुमार यादव, सशस्त्र प्रहरीका एसपी महेस अधिकारी र अनुसन्धान विभागका एसपी टिकाप्रसाद पोखरेल, रुपन्देही जिल्लाका प्रजिअ ऋषिराम तिवारी, सशस्त्रका एसपी शंकर खनाल, अनुसन्धानका एसपी सुशान्त बराल, प्रहरी निरीक्षक नविन पोखरेल, कपिलबस्तुका प्रजिअ चक्रपाणी पाण्डे, सशस्त्रका एसपी दानबहादुर कार्की, अनुसन्धानका एसपी योगेन्द्र केसी, प्रहरीका एसपी गोपाल प्रसाद श्रेष्ठ, दाङ जिल्लाका प्रजिअ हिरालाल रेग्मी, एसपी सुरेश काफ्ले, सशस्त्रका एसपी टोपबहादुर खनाल, अनुसन्धानका अजुर्नन भण्डारी, बाँकेका प्रजिअ सूर्यबहादुर खत्री, एसपी श्यामकृष्ण अधिकारी, सशस्त्रका एसपी अशोक बम, अनुसन्धानका नरेन्द्र गिरी, बर्दियाका प्रजिअ सन्तबहादुर सुनार, एसपी ईश्वर कार्की, सशस्त्रका एसपी नरबहादुर रावत, अनुसन्धानका एसपी प्रज्वल खड्का, कैलालीका प्रजिअ किरण थापा, एसपी विश्व अधिकारी, सशस्त्रका एसपी दीपेन्द्र कुँवर, अनुसन्धानका रमेश सिंह, कञ्चनपुरका प्रजिअ रामप्रसाद पाण्डे, एसपी उमाप्रसाद चतुर्वेदी, सशस्त्रका एसपी वीरेन्द्रबहादुर ऐर र अनुसन्धानका कमलप्रसाद भट्टाराई सहभागि रहेका थिए ।

भारतको तर्फबाट गोरखपुर क्षेत्रका अतिरिक्त महानिरीक्षक अखिल कुमार, देबीपाटन क्षेत्रका डिआईजी उपेन्द्र कुमार अग्रवाल, महाराजगञ्ज जिल्लाका क्षेत्रका डिएम शैलेन्द्र कुमार र एसपी प्रदीप गुप्ता, सिदार्थनगर जिल्लाका डिएम दीपक मिना र एसपी एसभिर सिंह, बलरामपुर जिल्लाका डिएम श्रीमती श्रृती र एसपी हेमन्त कुटियाल, श्रावस्ती जिल्लाका डिएम नेहा प्रकाश र एसपी अरबिन्द कुमार मौर्य, बहराइच जिल्लाका डिएम दिनेशचन्द्र र एसपी श्रीमती सुजता सिंह, लखिमपुर जिल्लाका डिएम महेन्द्र बहादुर सिंह र एसपी संजिव कुमार सिंह, पिलिभित जिल्लाका डिएम पुलकित खरी र एसपी दनेश कुमार, एसएसबी अधिकारीहरुमा सम्बन्धित जिल्लाका कमाण्डरहरु बर्जित सिंह, मनोज कुमार सिंह, अमित सिंह, अशोक बिश्वास, उपेन्द्र कुमार रावत, रबिन्द्र कुमार राज्यश्वरी, सर्वजित सिंह, दपन कुमार दास, दामोदर प्रशाद मिना, यतिन नेगी, मुन्ना सिंह र गोबिन्द सिंहको उपस्थिती रहेको थियो ।