राष्ट्रिय सभा निर्वाचनबारे सुरक्षा समितिमा छलफल


राष्ट्रिय सभा निर्वाचनबारे सुरक्षा समितिमा छलफल

नेपालगन्ज ११ पुष : आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा राष्ट्रिय सुरक्षा समितिले चासो देखाएकोछ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको उक्त बैठकमा राष्ट्रिय सभा निर्वाचनमा सुरक्षा प्रबन्धबारे छलफल भएको गृह सचिव टेकनारायण पाण्डेले जानकारी दिए ।

‘राष्ट्रिय सभा निर्वाचनमा सुरक्षाको प्रवन्ध कसरी गर्ने भन्ने विषयमा छलफल भयो,’ बैठकपछि गृह सचिव पाण्डेले भने । आईतबार गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रिय सुरक्षा समिति बैठक बसेको हो ।

Kids Festival 2022
kanti aarogya hospital

गृहमन्त्री खाणको अध्यक्षतामा बसेको बैठकमा गृहसचिव पाण्डे, रक्षासचिव बेगेन्दराज शर्मा पौड्याल, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, गृह मन्त्रालयका शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव मुकुन्द निरौला, गृह मन्त्रालयका प्रवक्ता प्रदीप कोइराला, लगायतको सहभागिता थियो ।

आगामी माघ १२ गते राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ ।