नेपालगन्ज १२ पुष : लम्कीचुहा नगरपालिका–४ कैलालीका कर्ण बोगटी जमुनाहबाट लागुऔषधसहित पक्राउ परेकाछन् । नेपालगन्जको सीमा नाका जमुनाहाबाट लागुऔषधसहित २४ वर्षीय बोगटीलाई पक्राउ गरिएको हो ।
शंकास्पद तरिकाले भारतीय बजार रुपैडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेका कैलालीका २४ वर्षीय बोगटीलाई सोमबार बिहान पौने १० बजे जाँच गर्नेक्रममा उनका साथबाट लागुऔषध फेला परेपछि नियन्त्रणमा लिइएको बाँके प्रहरीले जनाएकोछ ।
बोगटीका सथाबाट १० पिस नाइट्रोभेट ट्याबलेट, २१० पिस ट्रामाडोल र २१५ पिस फेनिरामाट्रन एमिल बरामद गरिएकोछ । जमुनाह प्रहरी इञ्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्ट नेतृत्वको टोलीले बोगटीलाई पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएकोछ ।
पक्राउ परेका बोगटीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी बाँकेले बताएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?