‘स्लो वाईक’ प्रतियोगिताको तयारी तीव्र


‘स्लो वाईक’ प्रतियोगिताको तयारी तीव्र

नेपालगन्ज १२ पुष : तीब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गरि दुर्घटनाबाट जोगाउन जनचेतना मुलक ‘स्लो वाईक’ प्रतियोगिता आगामी पुष २१ गते नेपालगन्जमा हुने भएको छ । बास नेपाल नेपालगन्ज, रोटरी क्लब अफ सेन्ट्रल नेपालगन्ज र सामुदायिक प्रहरी सेवा केन्द्र बाँकेको संयुक्त आयोजनामा प्रतियोगिता गरिदैँछ ।

तीब्र गतिमा मोटरसाईकल चलाउनलाई निरुत्साहित गर्ने, ट्राफिक नियमको पालना गरि सिमित गतिमा मोटरसाईकल चलाउन प्रोत्साहित गर्ने उद्देश्यले स्लो वाईक प्रतियोगिता गर्न थालिएको हो ।

आवश्यक चेतनाको अभावमा युवाहरुले तीब्रगतिमा मोटरसाईकल चलाई दिनहुँजसो दुर्घटनाका घट्ना घटिरहेको अवस्थामा जोखिम न्यूनिकरण गर्दै जनचेतना जगाउन प्रतियोगिता उपलब्धीपूर्ण रहने विश्वास लिईएको छ ।

नेपालगन्जमा हुने प्रतियोगितामा सहभागिताका लागि प्रतियोगि नाम दर्ता आवेदन खुला गरिएको छ । प्रतियोगितामा भाग लिन चाहनेले अनलाईन मार्फत समेत फर्म भर्न सक्ने ब्यवस्था गरिएको छ भने बास केन्द्रिय कार्यालय नेपालगन्ज–१० भृकुटीनगरमा समेत नाम दर्ता गर्न सक्ने ब्यवस्था गरिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

यसरी प्रतियोगिताका बिजेतालाई नगद सहित प्रमाणपत्रको ब्यवस्था गरिएको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः नगद १० हजार, ७ हजार, ४ हजार र २ हजार तथा प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागि हुनेले मोटरसाईकल र स्कुटर जुनसुकै साधनको प्रयोग गर्न सकिने छ भने प्रतियोगिसँग लाईसेन्स र प्रयोग गर्ने मोटरसाईकल राम्रो कण्डीसनमा रहेको हुनुपर्नेछ ।