नेपालगन्ज १८ पुष : बुटवलदेखि शव दाहसंस्कारका लागि रुरुक्षेत्र कालीगण्डकी रिडी हिँडेको लु १ ख ७२७९ नम्बरको बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएकोछ ।
उक्त बस पाल्पाको रिब्दीकोट गाउँपालिका–३, लघुवामा आईतबार विहान साढे १० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा सात जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको हार्थोक प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक (असई) विष्णु रेग्मीले जानकारी दिए ।
दुर्घटनामा ज्यान गुमाएकाहरूको सनाखत भएको छैन । अर्घाखाँचीको मालारानी गाउँपालिका–२, कुभिण्डे स्थायी घर भई हाल बुटवल रानीगञ्ज बस्दै आएका ७० वर्षीय वीरबहादुर विश्वकर्माको निधनपछि मलामी गएकाहरू चढेको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
बसमा अर्घाखाँची मालारानी–२ का धेरै व्यक्ति सवार रहेको बताइएको छ । उद्धार जारी रहेकाले घटनाको विस्तृत विवरण आउन बाँकी छ । बसमा करिब ३५ जना मलामी सवार रहेको ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरको उद्धार गरी उपचारका लागि तानसेन पठाएको प्रहरीले जनाएको छ ।