बर्दिया १८ पुष : भारतीय जङ्गलबाट आएको हात्तीको आक्रमणमा परि बर्दियामा एक महिलाको मृत्यु भएकोछ ।
बर्दियाको राजापुर नगरपालिका निवासी ५४ वर्षीया भुसिया थारुलाई भारतीय जङ्गलबाट आएको हात्तीले आक्रमण गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । भारतीय जंगलबाट आएका हात्तीले भुसियालाई आक्रमण गरेको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी हेमबहादुर शाहीले भारतीय जङ्गलबाट आएको हात्तीको आक्रमणबाट ती महिलाको मृत्यु भएको बताए । उनका अनुसार मृतक भुसिया नेपाल–भारत सीमा नजिक बाख्रा चराउन गएको बेलामा हात्तीले एक्कासी आक्रमण गरेको थियो ।
केही दिनयता उक्त क्षेत्रमा हात्तीले आतंक मच्चाएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । जङ्गली हात्तीले कतिबेला आएर आक्रमण गर्ने हो भन्नेमा उनीहरु निकै आतंकित भइरहेको प्रहरीले बताएको छ । हात्तीको आतंक बढिरहँदा पनि स्थानीय प्रहरी प्रशासनले बेवास्ता गरिरहेको सर्बसाधारणको गुनासो छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?