नेपालगन्ज २३ पुष : पछिल्ला केही दिनसम्म न्यून संख्यामा कोरोना संक्रमित भेटिरहेको अवस्थामा नेपालमा पछिल्लो २४ घण्टामा डरलाग्दो गरि कोरोना संक्रमितको संख्या बढेकोछ ।
पुष दोस्रो सातादेखि कोरोना संक्रमण दरमा सुस्तरुपमा बृद्धि भइरहेको अवस्थामा शुक्रबार एकैदिन संक्रमित संख्या ह्वात्तै बढेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एकैपटक ९६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १४ हजार ९७१ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ५७२ र एन्टिजेन विधिबाट ३९६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
एन्टिजेन विधिबाट गरिएको परीक्षणमा पुस २२ र २३ गते नाकामा गरिएको तथ्यांक समावेश रहेको छ । यही अवधिमा थप २६२ जना सङ्क्रमणमुक्त भएका छन् । नेपाल हालसम्म कूल सङ्क्रमितमध्ये ८ लाख १३ हजार ७०९ जना सङ्क्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९७.९ प्रतिशत रहेको छ ।
हाल देशभर ५ हजार ७४१ जना सक्रिय सङ्क्रमित रहेका छन् । कोभिड–१९ को सङ्क्रमणबाट थप कसैको मृत्यु भने भएको छैन ।
थप समाचार
नेपालमा फेरि बढ्न थाले कोरोना संक्रमित
नेपालमा फैलियो ‘ओमिक्रोन’, एकैपट २४ जनामा पुष्टि
ओमिक्रोन फैलिएसंगै देशभरका अस्पतालहरु ‘हाई अर्लटमा’ रहन सरकारको निर्देशन