बैतडीबाट अपहरणमा परेका शिक्षक हरिशको राप्ती किनारबाट उद्धार, अपहरणकारी खोज्दै बाँके प्रहरी


बैतडीबाट अपहरणमा परेका शिक्षक हरिशको राप्ती किनारबाट उद्धार, अपहरणकारी खोज्दै बाँके प्रहरी

नेपालगन्ज २४ पुष : बैतडीबाट अपहरणमा परेका भनिएका शिक्षकको बाँकेको राप्ती नदी किनारबाट उद्धार गरिएको छ । बैतडीको सुर्नया गाउँपालिकाका २३ वर्षीय अस्थायी शिक्षक हरिश अवस्थीलाई शुक्रबार बेलुका ८ बजे बाँकेस्थित डुडुवा गाउँपालिका वडा नम्बर–४ कम्दी स्थित राप्ती नदी किनारबाट उद्धार गरिएको बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

बिहिबार साँझ तपाईसँग भेट्नुपर्ने थियो भनी स्थानीय तिर्थराज अवस्थी र अम्भादत्त अवस्थीले भेट गर्ने बहानामा बिप्लप माओबादीको नाममा रहेका अन्य ६ जना समेत मिलेर आफुलाई नियन्त्रणमा लिएर अपहरण गरि बाँकेको राप्तीसोनारीमा रहेको पुल नजिक रहेको एक शौचालयमा थुनेको अपहरणमा परेको शिक्षक हरिश अवस्थीको फेसबुक स्टाटस सार्वजनिक भएपछी हरिशका आफन्तले तुरुन्तै एक्सनमा उत्रिएर गृहमन्त्रालयलाई गुहार मागेका थिए । गृह मन्त्रालयले पनि लुम्बिनी प्रदेश प्रमुख डिआईजी प्रकाश अधिकारीलाई कारबाहीको लागी निर्देशन दिएकोमा प्रदेश प्रहरी डिआईजीले तुरुन्त रिजल्ट निस्कने गरि काम गर्न निर्देशन दिएको थियो ।

डिआईजीको निर्देशन बमोजिम बाँके प्रहरी अप्रेशनमा उत्रिदाँ अपहरणमा परेका ब्यक्तीले भने बमोजिम खोजतलास तथा शर्च अप्रेशन शुरु गरेको केही घण्टामा नै अपहरणमा परेका शिक्षकलाई नग्न र अचेत अवस्थामा बाँकेको कम्दी क्षेत्रमा रहेको राप्ती नदि बगरमा शुक्रबार फेला पारेको हो ।

‘उहाँलाई हामीले राप्ती नदी किनारबाट उद्धार गरेका हौं,’ एसपी अधिकारीले अगाडी थपे, ‘उहाँको कपडा, मोबाइल, पैसा सबै भिजेको अवस्थामा थियो ।’ उद्धारपछि प्रहरीले अवस्थीलाई भेरी अस्पताल पु¥याएको थियो । एसपी अधिकारीले त्यहाँको उपचारपछि न्यानो कपडा किनिदिएर अवस्थीलाई प्रहरीले सुरिक्षत राखेको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘उहाँ अहिले हाम्रै साथमा हुनुहुन्छ र अवस्था सामान्ने छ,’ एसपी अधिकारीले भने, ‘घटनाबारे थप अनुसन्धान हुदैँछ ।’ अवस्थीले बैतडीबाट आफूलाई केही युवाहरूले २२ गते बिहान ८ बजे जबरजस्ती गाडीमा ल्याएको प्रहरीसँग बताएका छन् ।

‘आधा घण्टा मात्रै तेरो सयम छ अन्तिम ईच्छा भए भन्नू भनेर उनीहरूले राप्तीमा धकेली दिए । म पौडी खेल्न जानेको हुँदा पौडीएर ज्यान जोगाउन सफल भएँ,’ अवस्थीको भनाइ उद्धत गर्दै एसपी अधिकारीले भने ।

त्यही बीचमा अवस्थीले आफ्नो सामाजिक सञ्जाल फेसबुक वालमा आफूलाई नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले अपहरण गरेको लेखेका छन् । जहाँ उनले आफ्नो जीवन रक्षाको लागि याचना समेत गरेका छन् ।

बाँके प्रहरीले अपहणकारी बिरुद्धको शर्च अप्रेशन अन्तरगत चेकजांच तथा खोजतलास अभियान सञ्चालन गरेको छ । माओबादी बिप्लबको नाममा शिक्षक अपहरण पर्नुको कारण शिक्षक हरिशको बैनी बिबाहको लागी घरमा माग्न आएको र बैनीले नमानेपछी बिबाह नगरिदिएको लगायतका बिषयमा आरोपित गरेर धोका दिएर अपहरण गरिएको खुल्न आएको बाँके प्रहरीले बताएको छ यद्यपी अनुसन्धानबाट बाँकी कुरा खुल्ने प्रहरीले जनाएकोछ ।

अवस्थीले आफूलाई अपहरण गर्नेहरू करिब ६ जनाको संख्यामा रहेको बताएका छन् । उनले दुई जनाको नाम भनेका छन् बाँकी ४ जनाको नाम पीडित शिक्षकले बताएका छैनन् ।