नेपालगन्ज २६ पुष : विरगञ्जबाट सुर्खेत जाँदै गरेको ना ५ ख २०६ नम्बरको यात्रुबहाक बस दाङको लमही–भालुवाङ सडकखण्डको दोलाई खोलामा दुर्घटना हुँदा ९ महिने शिशुको मृत्यु भएकोछ ।
भारतको मोतिहारी जिल्ला बस्ने असिर आलकका ९ महिने छोरा नानु आलमको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए ।
दुर्घटनामा गम्भीर घाइते शिशुको उपचारका लागि बाँकेको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले बताएको छ । मृतक शिशुको शवलाई कोहलपुर मेडिकल कलेजको शव गृहमा राखिएको छ ।
सोमबार बिहान साढे ३ बजेको समयमा पूर्व पश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका–५ सिसहनियाँस्थित दोलाई खोला नजिक उक्त यात्रुबाहक बस दुर्घटना हुँदा बसमा सवार रहेका अन्य ८ जना यात्रु घाइते भएका छन् ।
बसमा सवार अन्य घाइते हुनेहरुमा पर्सा जिल्ला वीरगञ्ज उपमहानगरपालिका–१६ बस्ने वर्ष ३५ का रतन शाही, रौतहट जिल्ला पुर्वाह गाउँपालिका– ६ बस्ने वर्ष ३४ का रामविनायक कुर्मी, भारतको विहार बस्ने वर्ष ४० का सन्सात खातुन, सोही ठाउँ निवासी एन्डिल आलक, सुर्खेत जिल्ला छिन्चु नगरपालिका– ९ बस्ने वर्ष १७ का दीलबहादुर क्षेत्री रहेका छन् ।
यस्तै अन्य घाइतेहरुमा बर्दिया जिल्ला गेरुवा गाउँपालिका–१ बस्ने वर्ष ३८ का पूर्णप्रसाद पाण्डे, बाँके जिल्ला कोहलपुर नगरपालिका–१८ बस्ने वर्ष ३५ की शान्ता ओली, हुम्ला जिल्ला तातोपानी गाउँपालिका– ७ बस्ने वर्ष ४५ का धनबहादुर रावत र सोही ठाउँ बस्ने वर्ष ५२ का गोरख रावत सामान्य घाइते भएका छन् ।
घाइते सबैको लमही अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले बताएको छ । बसमा २० जना यात्रु सवार थिए । बस अनियन्त्रित भएर सडकबाट २० मिटर तल गएर पल्टिएको थियो ।
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल