सुबिसुको २१ औं स्थापना दिवसमा रक्तदान गरिने


सुबिसुको २१ औं स्थापना दिवसमा रक्तदान गरिने

नेपालगन्ज २७ पुष : नेपालको सूचना तथा सञ्चार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, ईन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले रक्तदान कार्यक्रम गर्ने भएकोछ ।

सुबिसुकोे २१ औं स्थापना दिवसका अवसरमा देशभर २१ स्थानमा एकैपटक रक्तदान कार्यक्रम गर्न लागिएको हो ।

सामाजिक उत्तरदायित्वलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ कम्पनीले बाँकेको नेपालगन्जमा समेत सो दिन रक्तदान गर्ने जनाएकोछ । आगामी पुष ३० गते शुक्रबार विहान १० बजे नेपालगन्ज सुर्खेतरोड स्थित सुबिसुको शाखा कार्यालय परिसरमा हुने उक्त रक्तदानमा सहभागिताका लागि समेत आह्वान गरिएकोछ ।

रेडक्रससगँको सहकार्यमा गर्न लागिएको रक्तदानमा १८ वर्ष पुरा भएका स्वस्थ सम्पूर्ण रक्तदाता सहभागि भइ रगतको अभावमा ज्यान गुमाउने अवस्था न्यूनिकरणको यो महान कार्यमा सहभागिता भइदिन सुबिसु नेपालगन्ज ब्रान्च शाखाका म्यानेजर रामप्रसाद आचार्यले आग्रह गरे ।

Kids Festival 2022
kanti aarogya hospital
add

हामी रक्तदान जस्तो पुण्य समाजसेवा कार्यका लागि सबैलाई आग्रह गर्दछौं, रक्तदानका लागि सहभागि हुने प्रति कम्पनी कृतज्ञता प्रकट गर्दछ । उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै विविध सामाजिक कार्य गर्दै जाने बताए ।