हेल्थ डेस्कमा कार्यरत ५ स्वास्थ्यकर्मी संक्रमित भएपछि निरीक्षणमा पुग्यो सिडिओसहितको टोली, आवागमनमा कडाई गर्दै परीक्षणको दायरा बढाउन निर्देशन


हेल्थ डेस्कमा कार्यरत ५ स्वास्थ्यकर्मी संक्रमित भएपछि निरीक्षणमा पुग्यो सिडिओसहितको टोली, आवागमनमा कडाई गर्दै परीक्षणको दायरा बढाउन निर्देशन

तस्विर : कोभिड कार्यदलका सदस्य रुपन ज्ञवालीको फेसबुकबाट ।

नेपालगन्ज २७ पुष : भारतबाट नेपाल प्रवेश गरेकाहरुको कोरोना संक्रमण परीक्षण गर्न खटिएका ५ जना स्वास्थ्यकर्मी संक्रमित भएपछि सिडिओ सहितको टोली जमुनाह नाकामा पुगेकोछ ।

नेपालगन्जको जमुनाहा नाका स्थित हेल्थ डेस्कमा खटिएका पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीसहितको टोली मङ्गलबार सीमानाकामा पुगेको हो ।

सीमानाका जमुनाह पुगको सिडिओ खत्रीले तत्काल अत्यावश्यक बाहेक सीमानाकामा आवतजावतमा कडाई गर्न र स्वास्थ्य चेक जाँचको दायारा बढाउन निर्देशन दिए । उनले सोक्रममा जमुनाह नाकामा रहेको हेल्थ डेस्कका बारेमा जानकारी लिएका थिए ।

उक्त निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी खत्रीसंगै बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारी, सशस्त्र प्रहरीका एसपी अशोक कुमार बम, डिभिजन वन कार्यालयका प्रमुख दधिलाल कँडेल, नेपालगन्ज उपमहानगरपालिका उपमेयर उमा थापा मगर, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी, स्वास्थ्य कार्यालयका प्रतिनिधि र डिसीएमसी बाँकेको कार्यदलका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

जमुनाह नाकामा रहेको हेल्थ डेक्समा कार्यररत ल्याब टेक्निसियन सिनियर अहेव लगायत पाँच जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीएमसी) का फोकल पर्सन तेज ओलीले जानकारी दिए ।

संक्रमित सबै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको र रुघाखोकीका लक्षण पाइएकोछ । हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोना भाइरसबाट संक्रमित हुन थालेपछि अब नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन सक्ने ओलीले बताए ।

ओलीका अनुसार जमुनाह नाकामा रहेको उक्त हेल्थ डेस्कमा कुल १५ जना स्वास्थ्यकर्मी खटिएकाछन् । भारतमा कोरोना भाइरसको संक्रमण तीब्ररुपमा फैलिन थालेपछि नेपालीहरु धमाधम घर फर्किरहेका छन् । यसरी भारतबाट आएका नेपालीहरुलाई नेपालगन्ज नाकामै एन्टिजेन जाँच गरेर पठाउने गरिएको छ । सोही क्रममा पाँच जना स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

यसैबीच, नेपालगन्ज नाकामा मङ्गलबारमात्रै ३७ जनामा कोरोना पुष्टि भएको छ । कुल ३ सय ९६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो ।

यस्तै नेपालगन्जका तीन वटा ल्याबमा ६४ जनाको परीक्षण गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा २९ जनाको परीक्षण गर्दा १० जना, कोहलपुर मेडिकल कलेजमा २२ जनामा तीन जना र बागेश्वरी ल्याबमा १३ जनाको जाँच गर्दा दुई जनामा कोरोना देखिएको हो ।

थप समाचार

बढ्दो कोरोना संक्रमण रोक्न बाँके प्रशासनले जारी गर्‍याे ५ बुँदे आदेश

जमुनाह नाकामा खटिएका दुई जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि