अगैया(बाँके) २७ पुष : चोरी गरेको ५ वटा मोवाईलसहित एकजना भारतीय नागरिकलाई राप्तीसोनारी–२ अगैया बजारबाट प्रहरीले नियन्त्रणमा लिएको छ । भारत श्रावस्ती जिल्ला घर बताउने अन्दाजी ३० वर्षिया बाबुलाल पासवानलाई प्रहरी चौकी अगैयाले मङ्गलबार बेलुका ८ बजेतिर नियन्त्रणमा लिएको हो ।
मोवाईल चार्ज गर्ने बहानामा अगैयाका विभिन्न पसलमा प्रवेश गर्ने र मौका छोपेर पसलधनीको मोवाईल लुकाएर लग्ने गरेको जानकारी पाएपछि चेक जाँच गर्दा पासवानको खल्तीमा ५ वटा मोवाईल फेला परेको प्रहरी चौकी अगैयाका ईन्चार्ज प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिए ।
नियन्त्रणमा लिईएका पासवानसँगै अर्का एक जना बुद्धिलाल पासवान पनि मोवाईल चोरीमा संलग्न रहेको र उनी अगैयाकै एकजना महिलाको मोवाईल चोरेर भागीसकेको ईन्चार्ज केसीले बताए ।
‘बाबुलालसँग रहेका मोवाईलको सीम फालीसके अवस्थामा फेला परेको छ’ ईन्चार्ज केसीले भने –‘सीम फाल्नु अगाडि मिसकल आएको नम्बरमा कलब्याक गर्दा प्युठानको केटीले फोन उठाइन् र आफ्नो मोवाईल चोरी भएको बताईन् ।’
मोवाईल चोरी गर्ने गिरोह प्यूठानको स्वर्गद्वारी हुँदै अगैया आएको हुनसक्ने प्रहरीको आशंका छ । नियन्त्रणमा लिइएका पासवानलाई थप अनुसन्धान तथा कारबाहीका लागि ईलाका प्रहरी कार्यालय कोहलपुर पठाईएको ईन्चार्ज केसीले बताए ।
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?