नेपालगन्ज २७ पुष : नेपालको सूचना तथा सञ्चार क्षेत्रमा अग्रणी केबल टेलिभिजन, ईन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसुले शुक्रबार रक्तदान गरेकोछ । सुबिसुकोे २१ औं स्थापना दिवसका अवसरमा देशभर २१ स्थानमा एकैपटक रक्तदान कार्यक्रम गरिएको हो । सोही सन्दर्भमा पनि नेपालगन्जमा रक्तदान गरिएकोछ ।
सामाजिक उत्तरदायित्वलाई कार्यान्वयन गर्ने उद्देश्यका साथ कम्पनीले नेपालगन्जमा गरेको रक्तदानमा ४६ जनाले रक्तदान गरेका छन् । नेपालगन्ज सुर्खेतरोड स्थित सुबिसुको शाखा कार्यालय परिसरमा भएको उक्त रक्तदानमा विभिन्न क्षेत्रका रुक्तदाताहरु स्वस्फूर्त सहभागि भएका थिए ।
‘रेडक्रससगँको सहकार्यमा गरिएको रक्तदानमा ४६ जनाले रक्तदान गरे’ सुबिसु नेपालगन्ज ब्रान्च शाखाका म्यानेजर रामप्रसाद आचार्यले भने–‘ रगतको अभावमा ज्यान गुमाउने अवस्था न्यूनिकरणका लागि थोरै भएपनि यो महान कार्यले सहयोग गरेकोछ ।’
हामी रक्तदान जस्तो पुण्य समाजसेवा कार्यका लागि सबैलाई आग्रह गरेका थियौं, सुबिसुका कर्मचारी, ग्राहक र अन्य ब्यक्तिहरुले रक्तदानमा सहभागिता जनाउनुभएकोमा कम्पनी कृतज्ञता प्रकट गर्दछ । उनले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै विविध सामाजिक कार्य गर्दै जाने बताए ।
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र
दुई तिहाइ छ भन्दैमा जनता सधैं साथमा हुन्छन् भन्ने होइन : गगन थापा
संवैधानिक निकायमाथि प्रश्न उठाउँदा मर्यादाको ख्याल गर्न सभापति लामिछानेकाे आग्रह
बाबा रामदेवलाई कंगनाकाे चेतावनी- मेरो जवानी र बेडरुमको सपना नदेख्नुस्