एकै ठाउँ तीन दिन लगातार गाडी दुर्घटना


एकै ठाउँ तीन दिन लगातार गाडी दुर्घटना

File Photo

नेपालगन्ज २ माघ : गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् ।

गुल्मीदरबार गाउँपालिकाको बडानम्ब–३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital
add

शुक्रबार ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग१ज ५२८० नम्बरको कार पनि त्यही दुर्घटना भयो । आईतबार पनि लु२ख २९८१ नम्बरको टिपर त्यही ठाउँमा दुर्घटनामा परेको छ ।

तीन दिनमा एकै ठाउँमा तीनवटा सवारी साधन दुर्घटना भए पनि मानवीय क्षती भने भएन । शीतले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको प्रहरीले बताएकोछ ।