File Photo
नेपालगन्ज २ माघ : गुल्मीमा लगातार तीन दिन एकै स्थानमा तीनवटा सवारी साधन दुर्घटनामा परेका छन् ।
गुल्मीदरबार गाउँपालिकाको बडानम्ब–३ गौडाकोट म्यालपोखरीस्थित तम्घास रिडी सडकअन्तरगत देउराली जङ्गलमा तीन दिनमा तीनवटा सवारी दुर्घटनामा परेका हुन् ।
शुक्रबार ग१च ७५४७ नम्बरको बोलेरो जिप पल्टिएको थियो । त्यसको भोलिपल्ट शनिबार तम्घास यात्रु छोडेर पोखरा फर्किदै गरेको ग१ज ५२८० नम्बरको कार पनि त्यही दुर्घटना भयो । आईतबार पनि लु२ख २९८१ नम्बरको टिपर त्यही ठाउँमा दुर्घटनामा परेको छ ।
तीन दिनमा एकै ठाउँमा तीनवटा सवारी साधन दुर्घटना भए पनि मानवीय क्षती भने भएन । शीतले सडक चिप्लो भएको र मोड भएको कारण दुर्घटना भएको प्रहरीले बताएकोछ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?