नेपालगन्जको आकाशमा बुद्धको जहाज ३५ मिनेटसम्म फन्को मारिरह्यो, समयमै जहाज अवतरण नहुँदा यात्रु बेहोस


नेपालगन्जको आकाशमा बुद्धको जहाज ३५ मिनेटसम्म फन्को मारिरह्यो, समयमै जहाज अवतरण नहुँदा यात्रु बेहोस

File Photo

नेपालगन्ज ६ माघ : मौसममा आएको परिर्वतनले बिहीबार विहानैदेखि नेपालगन्जको मौसम अनुकुल थिएन । आकाशमा लागेको बाक्लो बादलका कारण भिजिविलिटी क्लियर थिएन ।

घरीघरी भइरहेको सिसिम वर्षा र क्लियर भिजिविलिटी नहुँदा काठमाडौंबाट नेपालगन्ज उडेको बुद्ध एयरको जहाज अवतरण हुन झण्डै ३५ मिनेट लाग्यो ।

निर्धारित समयमै काठमाण्डौंबाट ६९ जना यात्रु लिएर नेपालगन्ज पुगको बुद्ध एयरको जहाज नेपालगन्ज विमानस्थलमा अवतरण गर्न नसक्दा आकाशै ‘होल्ड’मा प¥यो । सोही अवधिमा विमानमै रहेकी एक यात्रु बेहोस भइन् ।

काठमाडौंबाट ७ः४४ मा उडेको बुद्ध एयरको उडान नं ४५१ को जहाज निर्धारित समयअनुसार ८ः४४ मा नेपालगन्ज विमानस्थलमा अवतरण हुनुपर्ने थियो । तर, नेपालगन्ज विमानस्थलको मौसम अनुकुल नभएपछि जहाज आकाशमै होल्डमा प¥यो । अन्ततः यो जहाज बिहान ९ः१८ मा सकुसल अवतरण भयो ।

Kanti Aarogya Hospital Nepalgunj

सो क्रममा काठमाण्डौबाट नेपालगन्ज आएकी जानुका थापा बेहोस भइन् । बुद्ध एयर नेपालगन्जका व्यवस्थापक प्रमुख विनित शाहका अनुसार निर्धारित समयमै जहाज अवतरण हुननसक्दा अत्तालिएर उनी बेहोस भएकी हुन् ।

नेपालगन्ज विमानस्थलमा जहाज अवतरण गरेलगत्तै जानुकालाई बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाली सेनाको ईमामनगर ब्यारेक राँझा स्थित नेपाल आर्मीको अस्पतालमा लगिएको थियो ।

अस्पतालमा सामान्य उपचारपछि उनी निको भएर फर्किसकेको बद्ध एयर नेपालगन्जका ब्यवस्थापक प्रमुख शाहले बताए । उडान सुचारु हुन कम्तिमा पनि १६०० देखि २००० मिटर सम्मको भिजिबिलिटी आवश्यक पर्छ ।

यसैबीच, खराब मौसमका कारण देशभरका आन्तरिक हवाई उडानहरु प्रभावित भएका छन् ।