सीके राउतको हत्या गर्ने बहालवाला मन्त्री रेणुले दिइन धम्की, भाइरल बन्यो भिडियो


सीके राउतको हत्या गर्ने बहालवाला मन्त्री रेणुले दिइन धम्की, भाइरल बन्यो भिडियो

नेपालगन्ज ६ माघ : संघीय सरकारको महत्वपूर्ण मन्त्रालय सम्हालिरहेकी भौतिक पूर्वाधार मन्त्री तथा जनता समाजवादी पार्टीकी नेता रेणु यादवले हिंसा भड्काउने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् । मधेश बलिदान दिवसका अवसरमा बुधबार रौतहटको गौरमा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतप्रति आक्रोशित बनेकी यादवले अर्को गौर नरसंहार मच्चाउने चेतावनी दिएकी हुन् ।

बहालवाला मन्त्रीले नरसंहार मच्चाउने र एउटा पार्टीको अध्यक्षको हत्या गर्ने खुलेआम धम्की दिनु सामान्य घटना होइन । मन्त्री यादवकै पार्टी तत्कालीन मधेशी जनअधिकार फोरमले रौतहटको गौरमा २०६३ सालमा भाला रोपेर २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए ।

सो नरसंहारलाई गौरवका रूपमा स्मरण गर्दै मन्त्री यादवले सीके राउतले ‘फणा’ उठाएमा त्यही हालत हुने चेतावनी दिएको भिडिओ अहिले भाइरल भएको छ । हिन्दीमा भाषण गर्दै मन्त्री यादवले तफुानसँग टकराउने कोसिस गरेमा सीके राउत पनि मारिन सक्ने आपत्तिजनक अभिव्यक्ति दिएकी छन् ।

हिन्दी भाषामा भाषण गर्दै फिल्मी शैलीमा उनले भनेकी छन्–

Kids Festival 2022
kanti aarogya hospital
add

‘मौवाली फौवाली त मधेस विद्रोहमा अन्त्य भइसकेको छ । र, इतिहास त्यहाँ राइस मिल अहिले पनि जिवित छ । यो गौर एतिहासिक जिल्ला हो । गौरमा भाटा चलाउने प्रयास नगरिओस् । यहाँ लाठी (भाटा) नचाउन आउँछ । यो लाठी चलाएपछि तपाईको लाठीको त्यही टुक्रा टुक्रा पारेर तपाईकै हातमा राखेर घरमा लगी थन्काइ दिइनेछ ।

हामीले आज त्यो गर्यौं, बलिदानी दिवसको दिन हिंशा होइन् । आज हिंसा गर्नुछैन । आज हामी बलिदानी दिवस मनाउन आएका छौं । र, भोली हामी यहाँको सडक भिजिट गर्छौं । यदि तुफानसँग टक्रायौ भने तपाईको त्यही हालत हुन्छ– जो गौरको राइस मिलमा भयो । त्यो इतिहासलाई नभुल्नुस् ।

म डाक्टर साहेबलाई यतैबाट भन्छु कोही एक विरामी मरिहाल्छन् । र तपाईलाई घेराबन्दी पारेर मारिदिन्छन् । ‘त्यसैले सतर्क भइहाल्नुस् । यो कलेजोमा ताकत छ, यो धर्तीको भैंसी र गाईको दुध खाएका छ भने सिंहदरबार गएर घेर्नुस् । अमेरिकामा फास्टफुड खाएको होला, हरियो साग सब्जी खाएछौं होला । तर, जसको नशामा दुधका खुन बनेको छ । ताकत छ । त्यसलाई कहिले केहि हुन सक्दैन । याद राख्नुहोला ।’

के हो गौर नरसंहार ?

मन्त्री यादवकै पार्टी तत्कालीन मधेशी जनअधिकार फोरमले रौतहटको गौरमा २०६३ सालमा भाला रोपेर २७ जना माओवादी कार्यकर्ताको सामूहिक हत्या गरेका थिए ।

७ चैत २०६३ को दिन गौरको राइस मिलमा तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमले एकै स्थानमा छुट्टा–छुट्टै मञ्च बनाएर कार्यक्रम गरेका थिए ।

कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएको झडपमा २७ जनाको हत्या भएको घटनालाई गौर नरसंहार भनेर चिनिन्छ । उक्त घटनामा तत्कालीन माओवादीका २७ जना कार्यकर्ताको हत्या भएको थियो ।