१८ वर्षिया किशोरीलाई अपहरण गरि बलात्कार गर्ने युवा प्रहरी नियन्त्रणमा

फरार तीन जना युवाको पहिचान भइसक्यो, छिटै समात्छौं : डिएसपी न्यौपाने


१८ वर्षिया किशोरीलाई अपहरण गरि बलात्कार गर्ने युवा प्रहरी नियन्त्रणमा

नेपालगन्ज ८ माघ : बाँके प्रहरीले किशोरी अपहरणपछि बलात्कार गरेको अभियोगमा २ जनालाई नियन्त्रणमा लिएकोछ ।

नेपालगन्जमा भाडामा बस्दै आएकी जाजरकोट निवासी १८ वर्षीया किशोरीलाई युवाको एक समुहले शुक्रबार बेलुका करिब ५–६ बजेको समयमा अपहरण गरी बलात्कार गरेको थियो । सोही अभियोगमा प्रहरीले दुई जना युवालाई पक्राउ गरेको हो ।

बाँके प्रहरीका अनुसार ती किशोरी आफ्ना साथीहरुसंग फोटो खिच्न भन्दै बाँकेको खजुरा स्थित पुलचोकमा गएका बेला अपहरणमा परेकी थिइन् ।

आफूसँगै गएका ३ जना केटा साथीलाई स्थानीय ५ जनाको समूहमा आएका युवाले कुटेर लखेटेपछि ती किशोरीको अपहरण गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

पाँच जनाको समुहमा आएका युवामध्ये १८ वर्षिय एक जना युवाले ती १८ वर्षिया किशोरीलाई आफ्नो मोटरसाइकलमा राखेर जङ्गलमा लगेर बलात्कार गरे’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एबम डिएसपी मधुशुदन न्यौपानले भने–‘किशोरीलाई जङ्गगलमा लगेर बलात्कार गरेका युवाले त्यहाँबाट पुनः आफ्नो घरमा लगेर बलात्कार गरिरहेको अवस्थामा पक्राउ गर्न सफल भएका हौं ।’

प्रहरीका अनुसार बाँकेको खजुरा गाउँपालिका–२ स्थित पुलचोकबाट ती किशोरीको अपहरण गरिएको थियो ।

किशोरीका साथीहरुले दिएको सूचनाका आधारमा खोजी गर्दा किशोरी बलात्कार गर्ने युवक र उक्त घटनामा संलग्न अर्का युवालाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएकोछ । किशोरी बलात्कार घटनामा सहयोगी भूमिका खेलेका अर्का २८ वर्षिय युवालाई खोजी गरेर नियन्त्रणमा लिएको डिएसपी न्यौपानेले जानकारी दिए ।

किशोरी बलात्कार गर्ने युवालाई प्रहरीले पक्राउ गरेको खबर पाए लगत्तै युवाको उक्त समुहका तीन जना फरार रहेकाछन् । प्रहरीका अनुसार उक्त घटनामा संलग्न फरार रहेका ३ जना युवाको पहिचान भइसकेको छ र उनीहरुलाई छिटै नियन्त्रणमा लिइनेछ ।

बलात्कृत किशोरीको मेडिकल जाँच गराएको र त्यसको रिर्पोट पर्खेको प्रहरीले बताएकोछ ।