नेपालगन्ज १२ माघ : स्वास्थ्य कार्यालय बाँकेले कोरोना भाइरस विरुद्धको खोपको थप मात्रा ‘बुष्टर’ लगाउन आग्रह गरेकोछ ।
स्वास्थ्य कार्यालय बाँकेले यही माघ १४ र १५ गते कोभिड–१९ विरुद्धको खोपको बुष्टर मात्रा बाँकेका सबै पालिकामा लगाउँदैछ । बुष्टर खोप अन्र्तगत कोभिसिल्ड र भेरोसिल लगाइनेछ ।
खोपको उपलब्धताको आधारमा प्राथमिकतामा निर्धारण गरि चरणबद्ध बुष्टर खोप प्रदान गरिरहेको जनाएको स्वास्थ्य कार्यालयले ६० वर्षदेखि माथिका र दीर्घ रोगीहरुलाई लगाइने जनाएकोछ ।
गत बैशाख १ गतेदेखि असार मसान्तसम्म पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाएको ६ महिना अवधि पुगेकालाई उक्त खोप प्रदान गरिनेछ । यसका लागि खोप कार्ड वा त्यसको फोटोकपी अनिवार्य उपलब्ध गराउनुपर्ने हुन्छ ।
बाँकेमा पहिलो चरणको बुष्टर खोप अभियान यही माघ २ गतेबाट जारी छ । साथै प्रथम मात्राका लागि भेरोसिल खोप नलगाउन समेत स्वास्थ्य कार्यालयले आग्रह गरेकोछ ।
धम्बोझी माविलाई एनएमबी बैंकद्वारा २३ थान सिलिङ फ्यान प्रदान
बुधबार, असोज २, २०८१
टिकापुरमा ‘बैंकर्स क्लब टिकापुर’ गठन
मंगलबार, असोज १, २०८१
एनएमबी बैंकद्वारा मावि भाटनपूर्वालाई सिलिङ फ्यान सहयोग
शुक्रबार, साउन २५, २०८१
‘जुवाखाल’ मेटाउन सुर्खेत प्रहरीको रणनीतिक अपरेशन, एकैरात पक्राउ परेका यी हुन ५५ जुवाडेहरू
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी