File Photo
नेपालगन्ज १२ माघ : केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणा २०७८ को प्रारम्भिक तथ्यांकले बाँकेको कुल जनसंख्या ६ लाख नाघेको पाइएकोछ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार बाँके जिल्लाको कुल जनसंख्या ६ लाख ३ हजार ३ सय ९३ पुगेको छ । १० वर्ष अघि गरिएको जनगणनामा बाँकेकोे जनसंख्या चार लाख ९१ हजार तीन सय १३ थियो । योसंगै जनसंख्या बृद्धिदरमा बाँके जिल्ला चौथो नम्बरमा छ ।
जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर १.९७ रहेको छ । सबैभन्दा बढी जनसंख्या बृद्धिदर भने भक्तपुरको छ । भक्तपुरको वार्षिक जनसंख्या बृद्धिदर ३.३२ छ त्यसपछि रुपन्देहीको २.३ र चितवनको २.१ रहेको छ ।
यस्तै उक्त तथ्यांकले बाँकेमा महिला भन्दा पुरुषको संख्या बढि पाइएकोछ । बाँकेमा कुल पुरुष २ लाख ९५ हजार ११२ जना रहेका छन् भने महिला ३ लाख ८ हजार २८१ जना रहेका छन् । यो पुरुषभन्दा महिला १३ हजार एक सय ६९ ले बढी हुन आउँछ । यस्तै जिल्लाको लैंगिक अनुपात ९५.७३ छ ।
केन्द्रिय तथ्यांक विभागका अनुसार बाँकेमा कुल एक लाख १० हजार १३५ घरधुरी रहेको छ । ती घरधुरीमा एक लाख ३१ हजार ९२७ परिवार बसोबास गरिरहेका छन् । जिल्लामा परिवारको औसत आकार ४.५७ जनाको रहेको छ । अर्थात एक घरमा ४ जनाको बसोबास रहेकोछ । जिल्लाको जनघनत्व दुई सय ५८ रहेको छ ।
बाँकेको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी नेपालगन्ज उप–महानगरपालिकाको जनसंख्या पाइएकोछ । नेपालगन्जको कुल एक लाख ६६ हजार २५८ जनसंख्या रहँदा सबैभन्दा कम डुडुवा गाउँपालिका रहेको छ । जहाँ ४३ हजार ३९ जनसंख्या रहेको छ ।
यस्तै, कोहलपुरमा एक लाख २८९, जानकी गाउँपालिकामा ४६ हजार ५६३, नरैनापुरमा ४३ हजार ६९८ जनसंख्या रहेको छ ।
नेपालगन्जमा २६ हजार ४ सय ९१ घरधुरीमा ३५ हजार ५ सय १७ परिवार, कोहलपुरमा २१ हजार २५१ घरधुरीमा २४ हजार ३ सय ४६ परिवार, बैजनाथमा १५ हजार ४३९ मा १६७६५ परिवार, राप्तीसोनारमा १४ हजार ३८० घरधुरीमा १५ हजार ४९१ परिवार, खजुरामा १२ हजार २१३ घरधुरीमा १३ हजार ८८५ परिवार बसिरहेका छन् ।
यसैगरी जानकीमा ७ हजार २६३ घरधुरीमा ९ हजार १२४ परिवार, नरैनापुरमा ६ हजार ९४१ घरधुरीमा ८ हजार ६८० परिवार र डुडुवामा ६ हजार १५२ घरधुरीमा ८ हजार ११२ परिवार बसोबास गरिरहेका छन् ।
विभागका अनुसार देशभर जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा भएको छ । यहाँ कुल १४ प्रतिशतले जनसंख्या बृद्धि भएको विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा पाइएकोछ ।
यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।
थप समाचार
नेपालको जनसंख्या तीन करोड पुगेन, विदेशमा २१ लाख बढि नेपाली
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे