राष्ट्रिय जनगणा २०७८ को प्रारम्भिक तथ्यांक

बाँकेको जनसंख्या ६ लाख नाघ्यो, नेपालगन्जमै डेढ लाख बढिको बसोबास


बाँकेको जनसंख्या ६ लाख नाघ्यो, नेपालगन्जमै डेढ लाख बढिको बसोबास

File Photo

नेपालगन्ज १२ माघ : केन्द्रिय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको राष्ट्रिय जनगणा २०७८ को प्रारम्भिक तथ्यांकले बाँकेको कुल जनसंख्या ६ लाख नाघेको पाइएकोछ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार बाँके जिल्लाको कुल जनसंख्या ६ लाख ३ हजार ३ सय ९३ पुगेको छ । १० वर्ष अघि गरिएको जनगणनामा बाँकेकोे जनसंख्या चार लाख ९१ हजार तीन सय १३ थियो । योसंगै जनसंख्या बृद्धिदरमा बाँके जिल्ला चौथो नम्बरमा छ ।

जिल्लाको वार्षिक जनसंख्या बृद्धिदर १.९७ रहेको छ । सबैभन्दा बढी जनसंख्या बृद्धिदर भने भक्तपुरको छ । भक्तपुरको वार्षिक जनसंख्या बृद्धिदर ३.३२ छ त्यसपछि रुपन्देहीको २.३ र चितवनको २.१ रहेको छ ।

यस्तै उक्त तथ्यांकले बाँकेमा महिला भन्दा पुरुषको संख्या बढि पाइएकोछ । बाँकेमा कुल पुरुष २ लाख ९५ हजार ११२ जना रहेका छन् भने महिला ३ लाख ८ हजार २८१ जना रहेका छन् । यो पुरुषभन्दा महिला १३ हजार एक सय ६९ ले बढी हुन आउँछ । यस्तै जिल्लाको लैंगिक अनुपात ९५.७३ छ ।

Kanti Aarogya Hospital Nepalgunj

केन्द्रिय तथ्यांक विभागका अनुसार बाँकेमा कुल एक लाख १० हजार १३५ घरधुरी रहेको छ । ती घरधुरीमा एक लाख ३१ हजार ९२७ परिवार बसोबास गरिरहेका छन् । जिल्लामा परिवारको औसत आकार ४.५७ जनाको रहेको छ । अर्थात एक घरमा ४ जनाको बसोबास रहेकोछ । जिल्लाको जनघनत्व दुई सय ५८ रहेको छ ।

बाँकेको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी नेपालगन्ज उप–महानगरपालिकाको जनसंख्या पाइएकोछ । नेपालगन्जको कुल एक लाख ६६ हजार २५८ जनसंख्या रहँदा सबैभन्दा कम डुडुवा गाउँपालिका रहेको छ । जहाँ ४३ हजार ३९ जनसंख्या रहेको छ ।

यस्तै, कोहलपुरमा एक लाख २८९, जानकी गाउँपालिकामा ४६ हजार ५६३, नरैनापुरमा ४३ हजार ६९८ जनसंख्या रहेको छ ।

नेपालगन्जमा २६ हजार ४ सय ९१ घरधुरीमा ३५ हजार ५ सय १७ परिवार, कोहलपुरमा २१ हजार २५१ घरधुरीमा २४ हजार ३ सय ४६ परिवार, बैजनाथमा १५ हजार ४३९ मा १६७६५ परिवार, राप्तीसोनारमा १४ हजार ३८० घरधुरीमा १५ हजार ४९१ परिवार, खजुरामा १२ हजार २१३ घरधुरीमा १३ हजार ८८५ परिवार बसिरहेका छन् ।

यसैगरी जानकीमा ७ हजार २६३ घरधुरीमा ९ हजार १२४ परिवार, नरैनापुरमा ६ हजार ९४१ घरधुरीमा ८ हजार ६८० परिवार र डुडुवामा ६ हजार १५२ घरधुरीमा ८ हजार ११२ परिवार बसोबास गरिरहेका छन् ।

विभागका अनुसार देशभर जनसंख्याको वृद्धिदर १० वर्षमा सबैभन्दा बढी लुम्बिनी प्रदेशमा भएको छ । यहाँ कुल १४ प्रतिशतले जनसंख्या बृद्धि भएको विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणमा पाइएकोछ ।

यस्तै मधेश प्रदेशमा १३ प्रतिशतले बढेको छ भने सबैभन्दा कम गण्डकी प्रदेशमा जनसंख्या वृद्धि भएको छ । अन्य प्रदेशमा १० प्रतिशतभन्दा कमले जनसंख्या वृद्धि भएको जनगणनाको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

थप समाचार

नेपालको जनसंख्या तीन करोड पुगेन, विदेशमा २१ लाख बढि नेपाली

देशमै सबैभन्दा बढि जनसंख्या बाँकेको बैजनाथमा

१० वटा घरमा औसतमा १२ जनाको परिवार