‘प्राङ्क’ भिडियो बनाउनेमाथि सरकारले लगायो प्रतिबन्ध, सामाजिक सञ्जालमा राखे कारबाही


‘प्राङ्क’ भिडियो बनाउनेमाथि सरकारले लगायो प्रतिबन्ध, सामाजिक सञ्जालमा राखे कारबाही

नेपालगन्ज १३ माघः सामाजिक सञ्जालको बढ्दो दुरुपयोग नियन्त्रणका लागि सरकारले कडा कदम चालेकोछ ।

ब्यक्तिलाई जानकारी नदिई वा ब्यक्तिलाई कुनै पनि प्रकारले गलत तथा दोहोरो अर्थ आउने गरि श्रब्य, दृष्य कैद गरि उनीहरुको सहमतिबिना सार्वजनिक गरिने ‘प्राङ्क’ तस्विर र भिडियो खिच्ने वा बनाएर सार्वजनिक गर्नेलाई काबारहीको दायरामा ल्याइने भएकोछ ।

गृह मन्त्रालयले ‘प्राङ्क’ का नाममा सम्बन्धित व्यक्तिको सहमतिबिना कुनै प्रकारको तस्बिर र भिडियो खिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन गरेमा कारबाही हुने चेतावनी समेत दिएको छ । पहिलोपटक गृह मन्त्रालयले यस्तो गतिविधि रोक्न सार्वजनिक चेतावनी दिएको हो ।

मन्त्रालयले बिहीबार एक सूचना जारी गरी यस्ता तस्विर र भिडियो बनाएर निजलाई जानकारी नै नदिई सामाजिक सञ्जालमा प्रकाशन, प्रशारण गर्ने जोसुकैलाई प्रचलित कानूनबमोजिम कारबाही हुने जनाएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

सार्वजनिकस्थलमा ख्यालठट्टाका नाममा गोप्यरूपमा भिडियो तयार गरी तिनलाई सामाजिक सञ्जालमा राख्ने गरिएको गुनासो प्राप्त भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणी पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तो कार्यले सर्वसाधारणलाई शारीरिक तथा मानसिक सास्ती दिने भन्दै यस्तो गतिविधि नगर्न गृहमन्त्रालयले सम्बद्ध सबैलाई सचेत गराएको छ ।

‘सार्वजनिकस्थलमा गरिएका भद्दा ख्यालठट्टाबाट पीडित व्यक्तिमा मानसिक तनाव उत्पन्न हुनसक्ने, वादविवाद र द्वन्द्व तथा सामाजिक सद्भाव एवं शान्ति सुव्यवस्थामा पर्नसक्ने नकारात्मक प्रभावका साथै व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा पर्नसक्ने असरलाई दृष्टिगत गरी व्यक्तिको अनुमतिबिना व्यक्तिको तस्बिर र भिडियो नखिच्न तथा तिनलाई सामाजिक सञ्जालमा प्रकाशन नगर्न अनुरोध छ’ विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय ‘प्राङ्क’ का नाममा मानिसहरुलाई दुःख दिने मात्र नभई गोपनीयता समेत उल्लंघन गर्ने कार्य मौलाइरहेको छ । कतिपयले ‘प्राङ्क’ भन्दै अश्लिल भिडियोसमेत बनाएर युट्यूवमा पोष्ट गर्ने गरेका छन् ।