बाँकेमा आज र भोली ६० वर्ष माथिका र दीर्घ रोगीलाई बुष्टर खोप


बाँकेमा आज र भोली ६० वर्ष माथिका र दीर्घ रोगीलाई बुष्टर खोप

नेपालगन्ज १४ माघ : स्वास्थ्य कार्यालय बाँकेले आजबाट बाँकेमा कोरोना भाइरस विरुद्धको खोपको थप मात्रा ‘बुष्टर’ लगाउँदैछ । यसका लागि जिल्लाका ८ वटै पालिकामा रहेका खोप केन्द्र गई कोभिड खोपको थप मात्रा ‘बुष्टर’ लगाउन आग्रह गरेकोछ ।

स्वास्थ्य कार्यालय बाँकेले आज र भोली कोभिड–१९ विरुद्धको खोपको बुष्टर मात्रा बाँकेका सबै पालिकामा लगाउँदैछ । बुष्टर खोप अन्र्तगत कोभिसिल्ड र भेरोसिल लगाइनेछ ।

खोपको उपलब्धताको आधारमा प्राथमिकता निर्धारण गरि चरणबद्ध बुष्टर खोप प्रदान गरिरहेको जनाएको स्वास्थ्य कार्यालयले आज ६० वर्षदेखि माथिका र दीर्घ रोगीहरुलाई उक्त खोप लगाइने जनाएको हो ।

गत बैशाख १ गतेदेखि असार मसान्तसम्म पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाएको ६ महिना अवधि पुगेकालाई उक्त खोप प्रदान गरिनेछ । यसका लागि खोप कार्ड वा त्यसको फोटोकपी अनिवार्य उपलब्ध गराउनुपर्ने हुन्छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँकेमा पहिलो चरणको बुष्टर खोप अभियान यही माघ २ गतेबाट जारी छ । साथै प्रथम मात्राका लागि भेरोसिल खोप नलगाउन समेत स्वास्थ्य कार्यालयले आग्रह गरेकोछ ।