नेपालगन्ज १४ माघ : स्वास्थ्य कार्यालय बाँकेले आजबाट बाँकेमा कोरोना भाइरस विरुद्धको खोपको थप मात्रा ‘बुष्टर’ लगाउँदैछ । यसका लागि जिल्लाका ८ वटै पालिकामा रहेका खोप केन्द्र गई कोभिड खोपको थप मात्रा ‘बुष्टर’ लगाउन आग्रह गरेकोछ ।
स्वास्थ्य कार्यालय बाँकेले आज र भोली कोभिड–१९ विरुद्धको खोपको बुष्टर मात्रा बाँकेका सबै पालिकामा लगाउँदैछ । बुष्टर खोप अन्र्तगत कोभिसिल्ड र भेरोसिल लगाइनेछ ।
खोपको उपलब्धताको आधारमा प्राथमिकता निर्धारण गरि चरणबद्ध बुष्टर खोप प्रदान गरिरहेको जनाएको स्वास्थ्य कार्यालयले आज ६० वर्षदेखि माथिका र दीर्घ रोगीहरुलाई उक्त खोप लगाइने जनाएको हो ।
गत बैशाख १ गतेदेखि असार मसान्तसम्म पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाएको ६ महिना अवधि पुगेकालाई उक्त खोप प्रदान गरिनेछ । यसका लागि खोप कार्ड वा त्यसको फोटोकपी अनिवार्य उपलब्ध गराउनुपर्ने हुन्छ ।
बाँकेमा पहिलो चरणको बुष्टर खोप अभियान यही माघ २ गतेबाट जारी छ । साथै प्रथम मात्राका लागि भेरोसिल खोप नलगाउन समेत स्वास्थ्य कार्यालयले आग्रह गरेकोछ ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू