लागुऔषधसहित पक्राउ परेका गिरीले सत्य बयान दिएपछि...


लागुऔषधसहित पक्राउ परेका गिरीले सत्य बयान दिएपछि...

नेपालगन्ज १४ माघ : बाँके प्रहरीले लागुऔषधसहित सुर्खेतका दुईजनालाई नियन्त्रणमा लिएकोछ ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर– ६ बस्ने ४९ वर्षिय बालकृष्ण गिरी र सोही स्थान बस्ने सञ्जय खत्रीलाई नेपालगन्जबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहीबार दिउँसो ४ बजेतिर नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर–१६ जयसपुर स्थित भन्सार कार्यालय सुरक्षार्थ खटिएको प्रहरी टोलिले गिरीलाई लागुऔषधसहित नियन्त्रणमा लिएको थियो ।

नेपालगन्ज गइरहेका गिरी शंकास्पद रुपमा हिँडीरहेका बेला चेकजाँच गर्दा उनले बोकको जेब्रा झोलाबाट लागुऔषध १०० मिलीग्राम कोरेक्सका २५ थान बोटल फेला परेको प्रहरीले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

लागुऔषध कोरेक्स सहित पक्राउ परेका गिरीमाथि प्रहरीले केरकाप गरि अनुसन्धान गरिरहेका बेला गिरीले उक्त लागुऔषध आफ्नो नभएको र आफ्नो झोलामा अरु कसैले राखिदिएको बताए ।

गिरीले यस्तो बताइरहँदा लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न थप अर्का ब्यक्ति खत्रीलाई प्रहरीले पक्राउ गर्न सफल भयो ।

प्रहरी नियन्त्रणमा रहेका गिरीले प्रहरीको अनुसन्धानको दायरामा परे र उनले सत्य बयान दिए ‘उक्त लागुऔषध सुर्खेत वीरेन्द्रनगर नगरपालिका– ६ बस्ने सञ्जय खत्रीले आफ्नो झोलामा राखिदिएको हो ।’

गिरीको बयानका आधारमा प्रहरीले अर्का लागुऔषध कारोबारी खत्रीको खोजीमा निस्क्यो ।

खत्रीको खोजी गर्दै गर्दा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– २ न्यूरोडबाट खत्रीलाई प्रहरीले नियन्त्रणमा लियो ।

प्रहरी नियन्त्रणमा परेका खत्रीलाई चेकजाँच गर्दा खत्रीको साथबाट थप लागुऔषध बरामद भयो । खत्रीका साथबाट खुल्ला अवस्थामा रहेको ३५ ट्याबलेट नाईट्रोजेपाम फेला परेको प्रहरीले जानकारी दिएकोछ ।

कोरेक्स र नाईट्रोजेपाम ट्याबलेट समेत फेला पारेको प्रहरीले गिरी र खत्रीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवं कारबाहीको अघि बढाएको बताएकोछ ।