गगनगञ्जमा प्रहरीको ‘रेक्की’, ब्राउनसुगर कारोबारीसहित ४ जना पक्राउ


गगनगञ्जमा प्रहरीको ‘रेक्की’, ब्राउनसुगर कारोबारीसहित ४ जना पक्राउ

नेपालगन्ज २० माघ : बाँके प्रहरीले ब्राउन सुगरसहित ४ जनालाई नियन्त्रणमा लिएकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–७ गगनगञ्जबाट लागुऔषध कारोबारीसहित ४ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले नियन्त्रणमा लिएकाहरुबाट ३६ ग्राम ब्राउन सुगर, एक लाख ६२ हजार तीन सय रुपैयाँ र तौल गर्ने डिजिटल तराजु २ थान बरामद गरेकोछ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार वडा प्रहरी कार्यालय नेपालगन्ज र लागुऔषध नियन्त्रण ब्यूरोबाट खटेको प्रहरी टोलीले बिहीबार नेपालगन्जको गगनगञ्जबाट लागुऔषध र कारोबारीसहित उक्त नगद बरामद गरेको हो ।

गगनगञ्जमा लागुऔषधको कारोबार भइरहेको खबर पाएको प्रहरीले ‘रेक्की’ गर्दा उनीहरुलाई रङ्गे हात नियन्त्रणमा लिन सफल भएको हो । बिहीबार दिउँसो अन्दाजी २ बजेतिर गगनगञ्ज स्थित शुभम मान्धरको घरमा प्रहरीले छापा हान्यो ।

Kids Festival 2022
kanti aarogya hospital

मानन्धरको घर, कोठा तलासी लिनेक्रममा २४ वर्षिय मानन्धर सुत्ने कोठामा ९ वटा पुडिया बनाएर राखिएको ६ ग्राम ब्राउन सुगर, तौल गर्ने डिजिटल तराजु र नगद १८ हजार ३ सय रुपैयाँ प्रहरीले फेला बरामद गरेको हो ।

पक्राउ परेका मानन्धरमाथि अनुसन्धान गर्दै जाँदा लागुऔषधको अर्का कारोबारी गगनगञ्ज निवासी आदित्य श्रेष्ठको घरमा प्रहरीले बिहीबार अन्दाजी साढे ३ बजे छापा हान्यो ।

वडा प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्यूरोको प्रहरी टोलीले आदित्यको घरमा खोजतलास गर्दा गगनगञ्ज बस्ने २६ वर्षिय अंकित श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–६ गणेश भण्डारीलाई प्रहरीले नियन्त्रणमा लियो ।

प्रहरीले २८ वर्षिय आदित्यको घरबाट ३० ग्राम ब्राउन सुगर, १० हजार नगद, तौल गर्ने डिजिटल तराजु र सुर्खेतका भण्डारीका साथबाट एक लाख ३४ हजार रुपैयाँ नगद बरामद गरि नियन्त्रणमा लियो ।

एकैदिन नेपालगन्जको एउटै स्थानबाट लागुऔषध कारोबारी, ब्राउनसुगर तथा नगद बरामद गरेको प्रहरीले उनीहरुमाथि थप अनुसन्धान अघि बढाएकोछ ।

पछिल्लो समय बाँके प्रहरीले लागुऔषध कारोबारी, सेवनकर्ता र ओसारपसारमा संलग्न ब्यक्तिहरुमाथि निगरानी बढाएकोछ । प्रहरीको निगरानी र सक्रियता बढेसंगै प्राय दिनहुँजसो बाँकेबाट लागुऔषध, कारोबारी तथा प्रयोगकर्ताहरु पक्रिने क्रम बढेको छ ।