प्युठान जिप दुर्घटना : ८ जनाको मृत्यु, बेहुलीसहित ४ जनाको अवस्था गम्भीर


प्युठान जिप दुर्घटना : ८ जनाको मृत्यु, बेहुलीसहित ४ जनाको अवस्था गम्भीर

सांकेतिक तस्विर

नेपालगन्ज २२ माघ : प्युठानमा बेहुली लिएर फर्किंदै गरेको जिप ओखरपाटामा दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमध्ये पाँचजना महिला र तीन पुरुष रहेका छन् । प्यूठानको लुङ भन्ने स्थानबाट बेहुली लिएर फर्किरहेको ग १ ज ५०९२ नम्बरको महेन्द्रा जिप गौमुखी गाउँपालिका वडा नम्बर–६ ओखरपाटा भन्ने स्थानमा शनिबार विहान अन्दाजी ३ बजेतिर दुर्घटना भएको थियो । जिप अनियन्त्रित भई सडकबाट झण्डै १५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

गौमुखी गाउँपालिका–६ लिवाङका ३९ वर्षीय बसन्त खड्का र उनकी ११ वर्षीया छोरी एलिसा खड्काको उपचारको क्रममा मृत्यु भएको हो ।

सोही ठाउँकी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीय केसरी खड्का, ३२ वर्षीय खिमबहादुर खत्री, ५२ वर्षीया नन्दी खड्का, २२ वर्षीया विपना जिसी र ५० वर्षीय चालक बलबहादुर बुढामगरको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा नौबहिनी गाउँपालिका–६ किमीचौर बस्ने बेहुली २० वर्षीय रिमा जिसी, सोही ठाउँकी २५ वर्षीय साबित्रा जिसी, गौमुखी गाउँपालिका–६ लिवाङका १७ वर्षीय नरेश खड्का, बेहुला २५ वर्षीय दानबहादुर खड्का र २१ वर्षीया हरि बुढामगर रहेका छन् ।

प्रहरीका अनुसार घाइतेमध्ये बेहुलाबाहेक बेहुलिसहित सबैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।