नेपालगन्ज २४ माघ : जडीबुटी टिप्न जुम्लाको पाटनमा गएका तातोपानी गाउँपालिका–७ र ८ का ३४ जना हिउँमा फसेका हुन् । उनीहरू तातोपानीको ग्रागा, एडिओडार र खोटीसल्लामा छन् । त्यस क्षेत्रमा करिब ४ फिटसम्म हिउँ जमेको छ ।
दुइ साता पहिले पाटनको लेक क्षेत्रमा पुगेर जडिबुटी संकलन गरेर फर्कने क्रममा भारी हिमपात परेपछि ४ दिनदेखि उनीहरु हिउँमा फसेका हुन् । हिउँमा फसेर तातोपानी–७ बारगाउँका ४६ वर्षिया मुन रावत र ८ की ३७ वर्षिया देवी शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
जडीबुटी टिप्न गएका झण्डै ५५ जना हिउँमा फसेको खबर पाएपछि कर्णाली प्रदेश सरकारले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । २ पटक घुमाएर अवतरण गर्न खोजे पनि सुरक्षित ठाउँ फेला नपरेपछि खानेकुरा खसालेर फर्किएको उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर संगै पाटन क्षेत्रमा पुगेका एमाले जुम्लाका उपाध्यक्ष सुरत शाहीले बताए ।
हेलिकोप्टर पुग्दा हात हल्लाएर आफूहरू सकुशल रहेको संकेत दिएका थिए । पाटनमा क्षेत्रमा हिउ धेरै भएकाले हेलिकोप्टर बस्न नसकेपछि हिउँमा फसेकालाई चिउरा, दालमोठ र चाउचाउलगायत खानेकुरा खसालेर हेलिकोप्टर फर्किएको हो । अलपत्र परेकाहरूका लागि १ सय २६ किलो चिउरा, १ सय १० प्याकेट दालमोठ, ८ कार्टुन बिस्कुट र ४ कार्टुन चाउचाउ खसालिएको हो ।
सरकारले भन्योस् चोलेन्द्रलाई रेस्क्यू गरिएको हो, रवी-प्रचण्डका पछि कुनै सुराकी छैनन्
केसीले उम्मेदवारी फिर्ता लिए, बाँके क्षेत्र नं १ मा निर्विरोध भए पूर्ण
देउवा समूहले भित्र्यायो मनाङे, जिल्ला संयोजकको जिम्मेवारी
दुई दिन सर्यो काँग्रेस १५ औं महाधिवेशन
पत्रकार मल्ल पक्राउ प्रकरण : सर्वोच्चले भन्यो २४ घण्टाभित्र अदालतमा उपस्थित गराउनू
लुम्बिनीमा विपदका चार दिन : ७८ घटना, ६ जनाको मृत्यु, १२ सय बढी बिस्थापित