ब्राउन सुगरसहित नेपालगन्जका मोहम्मद अली पक्राउ


ब्राउन सुगरसहित नेपालगन्जका मोहम्मद अली पक्राउ

नेपालगन्ज २५ माघ : जिल्ला प्रहरी कार्यालय बाँकेले ब्राउन सुगरसहित नेपालगन्जबाट एक जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–८ निवासी २५ वर्षीय मोहम्मद अलीलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले मोहम्मद अलीका साथबाट १९ ग्राम ५२० मिलिग्राम लागूऔषध ब्राउन सुगर समेत बरामद गरेको बाँके बाँके प्रहरीले जनाएको छ ।

सोमबार साँझ साढे ५ बजे नेपालगन्ज–८ जोलहानपुर्वामा शंकास्पद तरिकाले हिँडीरहेका अलीलाई चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको हो ।

Kanti Aarogya Hospital Nepalgunj

पक्राउ परेका अलीसँग लागूऔषध कसुर सम्बन्धि मुद्दामा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।