नेपालगन्ज २५ माघ : जिल्ला प्रहरी कार्यालय बाँकेले ब्राउन सुगरसहित नेपालगन्जबाट एक जनालाई पक्राउ गरेको छ ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–८ निवासी २५ वर्षीय मोहम्मद अलीलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले मोहम्मद अलीका साथबाट १९ ग्राम ५२० मिलिग्राम लागूऔषध ब्राउन सुगर समेत बरामद गरेको बाँके बाँके प्रहरीले जनाएको छ ।
सोमबार साँझ साढे ५ बजे नेपालगन्ज–८ जोलहानपुर्वामा शंकास्पद तरिकाले हिँडीरहेका अलीलाई चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको हो ।
पक्राउ परेका अलीसँग लागूऔषध कसुर सम्बन्धि मुद्दामा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।
तीज : नाच्ने, गाउने र पूजामात्रै हाेइन
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?