‘एमाले सांसद बानियाँले होटलमा लगेर मलाई २ पटक बलात्कार गरे’


‘एमाले सांसद बानियाँले होटलमा लगेर मलाई २ पटक बलात्कार गरे’

File Photo

नेपालगन्ज २५ माघ : नेकपा एमालेका नेता मोहन बानियाँविरुद्ध बलात्कारको आरोप लागेकोछ । जुम्लाकी एक शिक्षिकाले आफूमाथि बलात्कार भएको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिएपछि यस्तो रहस्य बाहिरीएको हो ।

ती शिक्षिकाले नेपालगन्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाएकी छन् । जाहेरीमा यही माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले २ पटक बलात्कार गरेको आरोप लागाइएको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी आएको पुष्टि गरे । उनले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरीका विषयमा अनुसन्धान अघि बढाएको बताए ।

बलात्कृत भएकी भनिएकी ती शिक्षिका शुक्रबार नै जिल्ला प्रहरी कार्यालय बाँकेमा पुगेकी थिइन् । एकछिनपछि जाहेरी लिएर आउँछु भनेर निस्किएकी त्यसपछि उनी जिप्रका फर्किएनिन् ।

Kids Festival 2022
kanti aarogya hospital

आईतबार प्रहरी अधिकारीलाई फोन गरेर जाहेरी लिएर आउँदैछु भनेकी शिक्षिककाले हिजो सोमबारमात्रै जाहेरी लिएर जिप्रका पुगेको प्रहरी प्रवक्ता डिएसपी न्यौपानेले जानकारी दिए ।

सांसद बानियाँ र महिलाका बीचमा आर्थिक लेनदेन रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । बानियाँले २५ लाखको चेक दिए पनि उनले पछि खोसेर लगेको पीडित शिक्षिकाको भनाई उद्धृत गर्दै डिएसपी न्यौपानेले भने–‘त्यो रात(बलात्कृत भएको रात) दुई पटक कण्डम लगाएर बलात्कार गरेको शिक्षिकाले आरोप लगाएकी छन् । महिलाको स्वास्थ्य जाँच गरिएको छ । मेडिकल रिपोर्ट आउन बाँकीछ ।’

प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेपछि सोमबार एमाले सांसद बानियाँसंग टेलिफोन सम्पर्क गरेको थियो । सो क्रममा सांसद बानियाँले ‘शिक्षिकाले नभएको कुरा’ गरेको बताएको प्रतिक्रिया दिएको बुझिएको छ ।