नेपालगन्जमा अब्यवस्थित पार्किङ, सवारीसाधनमा ‘व्हिल लक’


नेपालगन्जमा अब्यवस्थित पार्किङ, सवारीसाधनमा ‘व्हिल लक’

File Photo

नेपालगन्ज २६ माघ : बाँकेको ट्राफिक व्यवस्थापनलाई चुस्तदुरुस्त राख्न अव्यवस्थित पार्किङमा कडाई गर्न थालिएकोछ । अब्यवस्थित पार्किङका कारण ट्राफिक व्यवस्थापनप्रति सर्वसाधरण गुनासो बढेपछि बाँके ट्राफिकले तदारुक्ता देखाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले अव्यवस्थित तरिकाले पार्किङ गरी राखिएका सवारीसाधनमा आजदेखि ‘व्हिल लक’ लगाउन शुरु गरेको छ ।

सडकमा अव्यवस्थितरुपमा पार्किङ् गरिएका यस्ता सवारी साधनमा ट्राफिक प्रहरीले ‘व्हिल लक’ लगाउनेछ । ‘व्हिल लक’ लगाइएको सवारीसाधनका धनीले जरिवाना दस्तुर समेत तिर्नुपर्ने हुन्छ । यसका लागि ट्राफिक प्रहरीले प्रति सवारी साधन एक हजार ५ सय रुपैयाँ जरिवाना लिनेछ ।

अव्यवस्थित तरिकाले अटेरी गर्दै पार्किङ गर्ने सवारीसाधन नियन्त्रण तथा पार्किङसम्बन्धि सर्वसाधरणलाई जानकारी गराउनका लागि भएपनि यो विधिलाई थप कडाईका साथ लागु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच, नेपालगन्जको सिंचाइ कार्यालय अगाडि पार्किङ गरी राखिएको बा १४ च ९५७८ को स्कार्पियो गाडी र भेरी अस्पताल अगाडी युपी ४० ए आर ३५७७ नम्बरको भारतीय कारलाई आज ‘व्हिल लक’ लगाएर कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी बाँकेले बतायो ।

पार्किङ स्थलमा मात्र पार्किङ गर्न जानकारी दिइरहँदा अटेर गरी अव्यवस्थित पार्किङ गरेका सवारीसाधनलाई व्हिल लगाएर प्रति सवारी साधन १५ सय रुपैयाँ जरिवाना गराइएकोछ ।

बाँके ट्राफिकले नेपालगन्जमा जथाभाबी पार्किङ गरेर राखिएका सवारीसाधन ब्यबस्थित गर्न अभियान थालनी गर्दै गर्दा अटेरी गर्ने सवारीसाधनलाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

ट्राफिक प्रहरीले सवारी धनीहरुलाई सम्बन्धित पार्किङ स्थलमा मात्र पार्किङ गर्न अनुरोध समेत गरेको छ । भने अटेरी गर्ने सवारी साधनमा व्हिल लक लगाएर ठाँउको ठाँउ १५ सय रुपैयाँ जरिवाना गर्ने जिल्ला ट्राफिक प्रहरी बाँकेले बताएको छ ।

बाँकेमा यसअघि पनि अब्यवस्थित सवारीसाधन नियन्त्रण गर्न भन्दै व्हिल लक लगाउन सुरु गरिएको थियो । कोरोना संक्रमण तथा कार्यालय प्रमुखको फेरबदलले उक्त कार्य रोकिएको थियो ।