लागूऔषध ब्राउन सुगरसहित अछामका २ किशोर पक्राउ


लागूऔषध ब्राउन सुगरसहित अछामका २ किशोर पक्राउ

नेपालगन्ज २७ माघ : ब्राउन सुगरसहित नेपालगन्जबाट २ जना किशोर पक्राउ परेकाछन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेको प्रहरी टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बाट १८ वर्षिय किशोरद्वय प्रेम चलाउने र गौरव विष्टलाई नियन्त्रणमा लिएकोछ ।

प्रहरीले नियन्त्रणमा लिएका किशोरद्वयका साथबाट ५२ ग्राम ५०० मिलीग्राम ब्राउन सुगर बरामद भएकोछ ।

उक्त स्थानमा ब्राउनसुगर विक्री गर्न लागेको भन्ने सूचना पाएको बाँके प्रहरीले चेक जाँच गर्दा अछाम पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर–४ घर भइ नेपालगन्ज वडा नम्बर–४ बसपार्क बस्ने १८ वर्षिय गौरव विष्ट र अछाम तुर्माखाद गाउँपालिका–७ घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४ बस्ने १८ वर्षिय प्रेम चलाउने पक्राउ परेका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

पक्राउ परेका चलाउने र विष्टलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान अगाडी बढाइएकोछ ।

यसैबीच, नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० बाट अबैधरुपमा भारतबाट नेपाल ल्याइएको सुपर पावर (सुर्ती) प्रहरीले बरामद गरेकोछ ।

बरामद भएको सुर्ती करिब ८ हजार रुपैयाँको रहेको र अवाश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको बाँके प्रहरीले जनाएकोछ ।