नेपालगन्ज २९ माघ : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १८ का ७ सय बढि नागरिकलाई कम्बल वितरण गरिएकोछ । वडामा स्थायी बसोबास गर्ने ६० वर्षभन्दा माथिका जेष्ठ नागरिक र अपाङ्गता भएका ब्यक्तिलाई उक्त कम्बल प्रदान गरिएको हो ।
वडा कार्यालयले शनिबार लग्दाहवा स्थित माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरि वडाका ७ सय २५ जना जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तिलाई कम्बल वितरण गरेको हो ।

कम्बल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै वडाअध्यक्ष बर्माले जाडो तथा शीतलहरबाट वडाका नागरिकलाई बचाउन उक्त कम्बल वितरण गरेको बताए ।
उनले भने–‘वडाबासीलाई कम्बल वितरण गर्ने तयारी गरिरहँदा कोरोना भाइरस संक्रमणको जोखिमलाई लिएर बाँके प्रशासनले भीडभाड हुने गतिविधि रोक्दा ढिलो गरि आज वितरण गरेका छौं ।’
वडाअध्यक्ष बर्माले केही शारीरिक रुपमा अशक्त र जेष्ठ नागरिक कम्बल वितरण कार्यक्रममा उपस्थित हुन नसकेकाले उनीहरुकै घरमा गएर कम्बल उपलब्ध गराउने बताए ।

वडाअध्यक्ष बर्माका अनुसार वडा नम्बर–१८ बाट नागरिकता प्राप्त गरेका, बसाईसरी आएका वडाका नागरिकलाई उक्त कम्बल प्रदान गरिएको हो । यसका लागि वडा कार्यालयले वडाबासी भए नभएको यकिन पहिचान गर्न नागरिकता तथा मतदाता परिचयपत्रको आधारमा वितरण गरेको थियो ।
वडाको कम्बल वितरण कार्यमा अनुग्रह सेवा संस्थाबाट १२५ थान र वडा नम्बर–१८ को कार्यालयबाट ६ सय थान गरि कुल ७२५ जनालाई कम्बल बितरण गरेको वडा सदस्य दिग्बिजय ढुगांनाले जानकारी दिए ।
लुम्बिनी सरकारका निर्णयस् अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी
काँग्रेस महाधिवेशन : यी हुने केन्द्रीय समितिमा भिड्ने उम्मेदवारहरू