जेसीबीमा मोटरसाईकल ठोक्किदा चौधरीको मृत्यु


जेसीबीमा मोटरसाईकल ठोक्किदा चौधरीको मृत्यु

सांकेतिक तस्विर

गुलरिया (बर्दिया) २ फागुन : बर्दियाको रम्बापुरमा आईतबार बेलुकी भएको मोटरसाईकल दुर्घटनामा परि २३ वर्षीय युवाको निधन भएकोछ ।

बर्दियाको बारबर्दिया नगरपालिका–८ रम्बापुर स्थित सडकमा रोकी राखेको जेसीबीमा कर्णाली प्रदेश ०२–००१ प २४६१ नम्बरको मोटरसाइकल ठोक्किँदा २३ वर्षीय धनबहादुर चौधरीको मृत्यु भएको हो ।

Kids Festival 2022
kanti aarogya hospital

मोटरसाइकलको पछाडी बसेका चौधरी बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का हुन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको नेपालगन्ज मेडिकल शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएकोछ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २६ बर्षीय मंगल शाहीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकोछ । प्रहरीका अनुसार उक्त मोटरसाईकल सडक किनारमा रोकीराखेको अनटेस्ट लेखिएको जेसीबीमा ठोक्किएको थियो ।