विकलाई साउदीमा मर्न बाध्य पारियो


विकलाई साउदीमा मर्न बाध्य पारियो

नेपालगन्ज ३ फागुन : भनिन्छ– ‘जत्रो अपराध हो, त्यत्रै सजाय पाउनु पर्छ’ । कानूनको सर्वमान्य सिद्धान्त पनि यही हो । तर, विदेशीयका धेरै नेपालीहरुले अनाहकमा अनेकन दुःख कष्ट मात्र पाएका छैनन्, ज्यान समेत गुमाउनु परेको छ ।

साउदीमा हालै एक यूवकमाथि यस्तै घटना भएको छ । सोलुखुम्बु घर भइ काठमाडौं बौद्ध टुसाल बस्ने २५ वर्षीय मणी कुमार बिकमाथि पनि हालै साउदीमा यस्तै दर्दनाक घटना भयो ।

चार महिनाअघि अब्दाल सप्लाई कम्पनी रियादमा पुगेका विक २०२२ जनवरी २९ मा आफ्नै बासस्थानमा आत्महत्या गरेको अवस्थामा भेटीए ।

सप्लाई कम्पनीमा आए पनि कम्पनीले अर्कै रेस्टुरेण्टमा डाइनिङ् डिपार्टमेन्टमा काम लगाएको थियो । रात्रि ड्युटी गर्ने क्रममा रेस्टुरेण्टमा खाना खान आएका ग्राहकको १००० रियाल (नेपाली रु.३१,०००।) फेलापारेपछिको घटनाक्रमले उनलाई आत्महत्याको मुखमा पु¥याएको प्रत्यक्षदर्शी बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

सीसी टीभी फुटेजमा विकले पैंसा भेटाएको प्रमाणित भएपछि सो रकम रेस्टुरेण्टको सिफ्ट म्यानेजरमार्फत सोही ग्राहकलाई उपलव्ध गराइएको थियो । मृतकका साथीको भनाई अनुसार फिलीपीनो म्यानेजरले मृतक बिकलाई एउटा घटना प्रतिबेदन(इन्सीडेण्ट रिपोर्ट) आफुबाट काम गर्ने क्रममा गल्ती भएको र आईन्दा गल्ती नगर्ने व्यहोराको कागजमा सहि गर्न लगाइएको थियो ।

अर्को दिन ड्युटीबाट फर्केपछि छुट्टीमा रहेका मृतक बिकलाई टर्मीनेट पेपर (काम गरेको स्थानबाट पुन सप्लाई कम्पनी फर्काउने व्यहोराको पत्र)मा सही गर्न र आफ्नो साथमा भएको कम्पनीको युनिफर्म सबै फिर्ता गर्न भनेपछी लगत्तै विकले आत्महत्या गर्न पुगेको बताईन्छ ।

फिलीपीनो म्यानेजरकै कारण विकले आत्महत्या गर्न बाध्य भएकोले उनलाई कानूनी दायरामा ल्याउनु पर्ने प्रत्यक्षदर्शीको माग छ । मृतकका निकट साथी सुरज विकका अनुसार घटना बारे विस्तृत अध्यन गर्न, मृत शरीरलाई नेपाल पठाउन छिटो सहयोग गरिदिन नेपाली दूताबास रियाद, एनआरएनए आरसिसीमा जानकारी गराइसकेको र आत्महत्या केस भएकोले पेपरहरु तयार गर्न, पोलिस रिपोर्ट पाउन केही बढि समय लाग्ने भएकाले मृत शरीर पठाउन केही समय लाग्ने तर, सम्बन्धित पक्षसित समन्वय गरि छिटो पठाउन सहयोग गर्ने दूतावासले जनाएको छ ।