नेपालगन्ज ५ फागुन : बाँकेको खजुरामा स्थानीयले सडक अबरुद्ध पारेकाछन् । नेपालगन्ज–गुलरिया सडकखण्ड अन्र्तगत खजुरा गाउँपालिकाको खजुराबजारमा स्थानीयले सडकमा टायर बालेर सडक अबरुद्ध पारेका हुन् ।
सडक निर्माणको क्रममा निर्माण कम्पनीले चरम लापरबाही गरेको भन्दै आक्रोसित बनेका स्थानीयले विहानैदेखि सडक अबरुद्ध पारेका छन् । चारलेन सडक विस्तारका नाममा स्थानीय जनता र व्यवसायीको स्वास्थ्य तथा सुरक्षाप्रति लापरबाही भएको भन्दै दवाव स्वरुप उनीहरुले सडकमै टायर बालेर अबरुद्ध पारिएको हो ।
निर्माणाधिन उक्त सडकको काम अझैं अगाडी बढ्न नसकेको र सडकमा दिनहुँ जसो दुर्घटना हुदै जानु तथा धुलोले सर्वसाधरणको आवागमन एवम ब्यवयसाय सञ्चालनमा सास्ती भोग्नुपरेको सडक आन्दोलनमा उत्रिएका स्थानीयहरुको भनाइ रहेकोछ ।
पटक–पटक सडक निर्माणका कामलाई सक्न ताकेता गरेपनि निर्माण कम्पनीले काम अलपत्र छाड्दा चक्का जाम गर्न बाध्य बनेको स्थानीय बताउँछन् ।
सडकको अवस्था प्रति चिन्तित स्थानीयले सडकमै टाएर बालेर सवारीसाधन आवागमनमा अबरोध गरेका थिए । यसो गर्नाले सरोकारवालालाई दवाव हुनुका साथै यो समस्या समाधन हुनेप्रति ध्यानाकर्षण हुने उनीहरुको दावि छ ।
विहीबार विहान करिब साढे ९ बजेबाट तीन घण्टासम्म स्थानीयहरुले सडक जाम गरेको स्थानीयबासी एवम पत्रकार खगेन्द्र दाहालले जानकारी दिए ।
खजुरा गाउँपालिकाका उपाध्यक्ष एक माया विकले निर्माण कम्पनीलाई जानकारी गराएको र दुई दिन भित्र सडकको काम शुरु गराउने प्रतिवद्धता दिएपछि अवरुद्ध सडक सुचारु भएको दाहालले जानकारी दिए ।
उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्रक्सनले पाएको हो । १८ सय मिटरको सडक ४ वर्षदेखि निर्माण सम्पन्न नहुदाँ अलपत्र परेकोछ ।
थप समाचार
लुम्बिनी र कर्णालीसहित देशका सबैजसो मुख्य राजमार्ग-सडकहरू बन्द
‘नेपालको पुन: निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेल बेलायतले नेतृत्व गर्नसक्छ’
पश्चिमतिर बर्षाको ‘अत्यधिक जोखिम’, २५ जिल्लामा यातायात बन्द
सगरमाथादेखि समुद्रसम्म, पशुपतिनाथदेखि बुद्धकाे बाटाेसम्म
यी हुन् बाँकेका पालिकामा काँग्रेस हाँक्ने नेतृत्व
लुम्बिनीमा देउवा समूहको महाधिवेशन गर्ने जिल्ला संयोजकहरू को-को?