बाँकेको खजुरामा स्थानीयले टायर बालेर सडक अबरुद्ध पारे


बाँकेको खजुरामा स्थानीयले टायर बालेर सडक अबरुद्ध पारे

नेपालगन्ज ५ फागुन : बाँकेको खजुरामा स्थानीयले सडक अबरुद्ध पारेकाछन् । नेपालगन्ज–गुलरिया सडकखण्ड अन्र्तगत खजुरा गाउँपालिकाको खजुराबजारमा स्थानीयले सडकमा टायर बालेर सडक अबरुद्ध पारेका हुन् ।

सडक निर्माणको क्रममा निर्माण कम्पनीले चरम लापरबाही गरेको भन्दै आक्रोसित बनेका स्थानीयले विहानैदेखि सडक अबरुद्ध पारेका छन् । चारलेन सडक विस्तारका नाममा स्थानीय जनता र व्यवसायीको स्वास्थ्य तथा सुरक्षाप्रति लापरबाही भएको भन्दै दवाव स्वरुप उनीहरुले सडकमै टायर बालेर अबरुद्ध पारिएको हो ।

निर्माणाधिन उक्त सडकको काम अझैं अगाडी बढ्न नसकेको र सडकमा दिनहुँ जसो दुर्घटना हुदै जानु तथा धुलोले सर्वसाधरणको आवागमन एवम ब्यवयसाय सञ्चालनमा सास्ती भोग्नुपरेको सडक आन्दोलनमा उत्रिएका स्थानीयहरुको भनाइ रहेकोछ ।

पटक–पटक सडक निर्माणका कामलाई सक्न ताकेता गरेपनि निर्माण कम्पनीले काम अलपत्र छाड्दा चक्का जाम गर्न बाध्य बनेको स्थानीय बताउँछन् ।

Kids Festival 2022
kanti aarogya hospital

सडकको अवस्था प्रति चिन्तित स्थानीयले सडकमै टाएर बालेर सवारीसाधन आवागमनमा अबरोध गरेका थिए । यसो गर्नाले सरोकारवालालाई दवाव हुनुका साथै यो समस्या समाधन हुनेप्रति ध्यानाकर्षण हुने उनीहरुको दावि छ ।

विहीबार विहान करिब साढे ९ बजेबाट तीन घण्टासम्म स्थानीयहरुले सडक जाम गरेको स्थानीयबासी एवम पत्रकार खगेन्द्र दाहालले जानकारी दिए ।

खजुरा गाउँपालिकाका उपाध्यक्ष एक माया विकले निर्माण कम्पनीलाई जानकारी गराएको र दुई दिन भित्र सडकको काम शुरु गराउने प्रतिवद्धता दिएपछि अवरुद्ध सडक सुचारु भएको दाहालले जानकारी दिए ।

उक्त सडक निमार्णको जिम्मा गजुरमुखी कन्ट्रक्सनले पाएको हो । १८ सय मिटरको सडक ४ वर्षदेखि निर्माण सम्पन्न नहुदाँ अलपत्र परेकोछ ।

थप समाचार

गजुरमुखी कन्स्ट्रक्सनको बदमासी : २१ करोड बढि लागतमा निर्माण भइरहेको नेपालगन्ज–गुलरिया सडकमा कमसल सामाग्री प्रयोग